×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेले ल्यायो ब्रोकर शाखा बिस्तार योजना

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेप्सेले ल्यायो ब्रोकर शाखा बिस्तार योजना

१२ माघ २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज नेप्सेले धितोपत्र दलालहरुको शाखा बिस्तार गर्न दिने भएको छ । नेप्सेले यस अघिनै शाखा विस्तार गर्ने सम्बन्धमा प्रक्रिया अघि बढाएको थियो ।
रिमोट वर्क स्टेसन स्थापनाका सम्बन्धमा नेप्से संचालक समितिको बैठकले नेप्से ब्यबस्थापनलार्इ प्रक्रिया अघि बढाउन निर्देशन  दिएको नेप्सेले जारी गरेको बिज्ञप्तिमा जनाएको छ ।
हाल ५० ब्रोकर मध्ये ४१ ब्रोकर उपत्यका बाहिर जान राजी भएका छन् । ५० ब्रोकरमा नौ ब्रोकरले यस अघिनै बाहिर शाखा बिस्तार गरिसकेका छन् ।नेप्सेले रिमोट वर्क स्टेसन स्थापनाका लागि केहि सर्त भने अघि सारेको छ ।
हाललार्इ शाखा बिस्तार गर्न चाहने दलालले कम्तिमा एक करोड नेटवर्थ पुर्याउनु पर्ने छ । २०७४ असार मसान्त भित्र दुई करोड चुक्ता पूँजी पर्याउनुपर्ने सर्त अगाडी सरेको छ ।
चुक्ता पूँजी संगै भौतिक पूर्वाधार र जनशक्तिको पनि मापदण्ड तोकेको छ । रिमोट वर्क स्टेसन स्थापना गर्न चाहने दलालले कम्तिमा पावर ब्याकअप भएको तीन थान कम्प्युटर ,चार सय वर्गफिटको  कार्यालय , कारोबार कक्ष र डिस्प्ले हल छुट्टा छुट्टै ब्यवस्था गर्नुपर्ने शर्त राखेको छ। इमेल इन्टरनेटको व्यवस्था हुनुपर्ने लगायतको पूर्वाधार सर्त राखेको छ ।
जनशक्तिका सम्बन्धमा बाणिज्य , अर्थशास्त्रमा स्नातक  वा चार्टर्ड एकाउन्टेन्ट उतिर्ण गरेको व्यक्ति रिमोट वर्क स्टेसनको प्रमुख हुनुपर्ने  सर्त  पनि नेप्सेले अघि सारेको छ ।  
शाखा विस्तारका गर्न चाहने ब्रोकर कम्पनीहरु निम्न अनुसार छन् ।  

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: