
- अर्थ सरोकार संम्वाददाता
काठमाडौँ – बिहीबार बजार खुलेदेखिनै शेयर बजारमा तिब्र गिरावट देखिएको छ। डेढ घण्टाको अवधिमा १०१ कम्पनीको कारोबार भएको छ।
त्यसमा ९४ कम्पनीको मूल्य ओरालो लागेको छ। पाँच वटाको बढेको छ भने दुई वटाको स्थिर देखिएको छ।
साताको तेस्रो र चौथो दिन करिब ६२ अंकको गिरावट आएको नेपाली शेयर बजारमा अहिलेसम्म ३७ अंकको गिरावट आइसकेको छ।
यो २.६६ प्रतिशतको गिरावट हो। १ बजे भित्र कारोबार सुरु भएको दोस्रो घण्टा भित्र चार प्रतिशतको गिरावट आए आधा घण्टाका लागि बजार स्थगित हुनेछ।
