×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तीन महिनामा ३८८ अंकले घटेको बियरिस बजारमा थपियो २३ अर्बको शेयर

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

तीन महिनामा ३८८ अंकले घटेको बियरिस बजारमा थपियो २३ अर्बको शेयर

१६ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ  सरोकार संम्वाददाता 

काठमाडौं – नेपाली शेयर बजारमा  पछिल्लो तीन महिनामा ३८८.६४ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जको कारोबार मापक परिसूचकले तीन महिनामा यस्तो  देखाएको हो ।
गएको असोज १६ गते १७६३.७८ अंकमा रहेको परिसूचक गएको बिहीबारको अन्तिमा कारोबारमा १३७५.१४ अंकमा आइपुगेको छ । यो तीन महिनामा ३८८.६४ अंकको गिरावट देखिएको छ । गएको असोज १६ देखि २० गते सम्म केहि माथि उक्लिएको बजारले १८१९.८८ अंकसम्म छोएको थियो । असोज २० देखि बजार लगातार झरिरहेको छ ।
धितोपत्रको दोस्रो बजारमा गिरावट आइरहँदा पहिलो बजारमा भने शेयर थपिने क्रम रोकिएन । गएको असारदेखि हकप्रदको बाढी नै आएको छ । ३१ कम्पनीले हकप्रद निस्कासनको बोर्डबाट अनुमति पाएका थिए । १३ करोड २० लाख ५२ हजार तीनसय ५५ कित्ता हकप्रद निस्कासनको अनुमति दोस्रो बजारमा कारोबार गरिरहेका कम्पनीले पाएका छन् । जुन १३ अर्ब २० करोड ५२ लाख ३५ हजार पाचसय १० रुपैया बराबरको हो ।
३१ कम्पनीले बोर्डबाट स्वकृति पाईसकेका छन् भने १८ कम्पनि अझै हकप्रदको पाइपलाइनमा रहेका छन् । १२ करोड ७७ लाख ६९ हजार तीन सय ६५ कित्ता शेयर दोसो बजारमा आउने लाइनमा छन् । जुन १२ अर्ब ७७ करोड ६९ लाख ३६ हजार पाच सय ६९ रुपैयाँ बराबरको हो ।
नेपाली शेयर बजारमा हकप्रदसंगै प्राथमिक शेयर पनि मनग्गे थपिएका छन् । गएको भदौ १ देखि १० कम्पनीले प्राथमिक शेयर निष्कासनको अनुमति पाएका छन् । तीन करोड ४९ लाख ७३ हजार पाच सय  ३२ कित्ता प्राथमिक शेयर निष्कासनको अनुमति धितोपत्र बोर्डले दिएको छ । प्राथमिक र एफपीओ गरि सात अर्ब ६५ करोड ९१ लाख ४७ हजार पाँचसय २७ रुपैयाँ बराबरका शेयर स्विकृत भएका छन् ।
प्राथमिक र एफपीओ निष्कासनका लागि १२ कम्पनि अझै पाइपलाइनमा छन् । १२ कम्पनीका प्राथमिक र एफपिओ गरि ८३ लाख आठ हजार १५  कित्ता शेयर बोर्डको अनुमति पर्खाइमा रहेका छन् । जुन ४८ करोड ५४ लाख ५४ हजार तीनसय रुपैयाँ बराबरका हुन् ।
गएको भाद्र महिना देखि तीन सामुहिक लगानी कोषले इकाई निष्कासनको अनुमति पाएका छन् । २८ करोड ५० लाख इकाई निष्कासनको अनुमति बोर्डले दिएको हो । जुन दुई अर्ब ८५ करोड रुपैयाँ बराबरको हो ।
दुई सामुहिक लगानी कोषले अनुमति पर्खिरहेका छन् । २२ करोड इकाई चाँडै लगानीकर्ता माझ आउने छ ।  जुन दुई अर्ब २० करोड रुपैयाँ बराबरको हुने छ ।
उता शेयरको दोस्रो बजार तीन महिनामा ३८८.६४ अंकले घटेको छ  र यता २३ अर्ब ७१ करोड ४३ लाख ८३ हजार ३७ रुपैयाँ बराबरका हकप्रद ,प्राथमिक , एफपीओ र इकाई नेपाली शेयर बजारमा थपिएका छन् । यसैगरी १५ अर्ब ३६ करोड २३ लाख ९० हजार आठ सय ६९ रुपैयाँ बराबरका नेपाली शेयर बजारमा थपिन धितोपत्रबोर्डको अनुमति पर्खिरहेका छन् ।                      
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: