Skip to content

सनराइज बैंकले पायो एनआईडिसी क्यापिटललाई खरिद गर्ने अनुमति

Dish Home

अर्थ सरोकार

सनराइज बैंक लिमिटेडले एनआईडिसी क्यापिटल मार्केट्स लिमिटेडलाई खरिद गर्न अन्तिम स्वीकृति प्राप्त गरेको छ । नेपाल राष्ट्र बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले सनराइजलाई एनआईडीसी खरिद गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।  
हाल सनराइज बैंकको चुक्तापुँजी तीन अर्ब ९७ करोड रुपैयाँ छ भने एआईडीसी क्यापिटल मार्केटको चुक्तापुँजी २० करोड रुपैयाँ छ । आगामी असार मसान्तसम्ममा आठ अर्ब चुक्तापुँजी पुर्याउने दौडमा रहेको सनराइज बैंकले गत आर्थिक वर्षको कमाईबाट ३३.३३ प्रतिशत बोनस सेयर दिँदैछ । बैंकले हाल एक्विजिसनअघिको चुक्तापुँजीको ३३.३३ प्रतिशत बोनस सेयर दिन लागेको हो । उक्त एक्विजिसन र बोनस सेयरपश्चात् सनराइज बैंकको चुक्तापुँजी साढे पाँच अर्ब पुग्नेछ ।  सनराइजले यसअघि नारायणी नेशनल फाइनान्सलाई एक्वायर गरेको थियो । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्