
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले सञ्चार माध्यमले दिने सूचनाले सर्वसाधारणमा झन् अन्यौल बनाउने गरेको बताएका छन्। सामुदायिक रेडियो प्रशारक संघको १२ औं साधारण सभा तथा छैठौं अधिवेशनको शुक्रबार उद्घाटन गर्दै मन्त्री कार्कीले सञ्चार माध्यम अनुसार घटनालाई हेर्ने फरक फरक ढंगले प्रस्तुत गर्ने कारणले सर्वसाधारण अन्यौलमा पर्ने बताएका हुन्।
पाटनमा एउटा घटना घट्यो, ४ वटा पत्रिका ल्याएर पल्टाउँदा घटना के हो नै थाहा हुँदैनु उनले भने ुएउटाले एउटा भन्छ, अर्कोले अर्को भन्छ, कन्युजन मात्र हुन्छ।ु नेताले आफ्नो राजनीतिक दर्शन अनुसार फरक फरक कुरा गर्नु स्वभाविक भएपनि सञ्चार माध्यमले प्रस्तुत गर्ने तथ्य फरक हुन नहुने उनले बताए।
सञ्चार माध्यमले प्रस्तुत गर्ने सामग्री डाक्टरले गर्ने उपचार भन्दा पनि विशिष्ट हुने सञ्चार मन्त्री कार्कीले बताए। ुतपाईले लेखेको कुराले डाक्टरको डायग्नोसिसले भन्दा बढी असर पार्छु उनले भने ुडाक्टरको डायग्नोसिसले एक जनाको ज्यान जान सक्छ, तपाईंको प्रस्तुतिले हजारौंको ज्यान जान सक्छ।
ु सरकारले तयार पारेको आमसञ्चार नीति अध्ययनकै क्रममा रहेको भन्दै मन्त्री कार्कीले अध्ययन पछि लागू गर्ने बताए। आमसञ्चार नीति तयार रहेछ मैले अध्ययन गर्छु भने उनले भने अध्ययन गर्छु भनेपछि लागू नगर्ने भन्यो भनेर पनि लेख्न थालियो, मैले अध्ययन गरिसकेँ, अब लागू गर्ने तयारी छ। कार्यक्रममा सामुदायिक रेडियो प्रशारक संघका अध्यक्ष मोहन चापागाईंले सञ्चार मन्त्री कार्कीलाई रेडियो उपहार दिएका थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्