Skip to content
LAXMI SUNRISE BANK

पुनर्निर्माण प्राधिकरणका सिइओ ज्ञवाली पदमुक्त

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सरकारले पदमुक्त गरेको छ। बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणका सिइओ ज्ञवालीलाई पदमुक्त गर्ने निर्णय गरेको हो। 
सरकारले सोधेको स्पष्टिकरणको बुधबार जवाफ दिँदै प्राधिकरणका सिइओ ज्ञवालीले सामान्य प्रशासन मन्त्रालयले जनशक्ति उपलब्ध गराउन सहयोग नगरेको र अर्थ मन्त्रालयले समयमा बजेट उपलब्ध नगराउँदा भूकम्पपछिको पुनर्निर्माणमा ढिलाइ भएको जवाफ पेश गरेका थिए।
 सरकारले पुस १४ गते ज्ञवालीको कार्य शैलीमाथि प्रश्न उठाउँदै ७ दिन भित्र स्पष्टिकरण दिन पत्राचार गरेको थियो।  ज्ञवालीलाई केपी ओली नेतृत्वको सरकारले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK