
एजेन्सी – सिरियाको उत्तरपश्चिमी तटीय सरह लताकियामा बिहीबार भएको कारबम विस्फोटमा हुँदा १० जनाको मृत्यु भएको छ। १५ घाइते भएका स्थानीय समाचार संस्थालाई उद्धृत गर्दै मेल अनलाइनले लेखेको छ। लताकिया प्रान्तको ग्रामीण इलाकामा अवस्थित जेबलेह सरहको एक स्टेडियमनजिकै कारबम विस्फोट गराइएको थियो।
जेबलेह सरहमा भएको यो पहिलो बम विस्फोट भने होइन, यसअघि गत मे महिनामा एक अस्पताल र बस स्टेसनमा गरिएको पाँच वटा बम विस्फोटमा परी कम्तीमा १०६ जनाको मृत्यु भएको थियो। सिरियाली क्षेत्रहरूमा गत शुक्रबार बिहानबाट नै यो टर्की र रुसको सहभागीतामा युद्धबिराम सुरु भएको भनिएता पनि बारम्बार यसको उल्लङ्घन भएको छ।
यस सम्झौतामा आतङ्ककारी समूह इस्लामिक स्टेटको भने सहभागीता नरहेको र युद्धबिराम सम्झौता सिरियाली सरकार र विद्रोहीबीच भएको रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले जानकारी दिएका थिए। युद्धविरामको समयमै सिरियाली मध्य प्रान्त हामाको क्रिस्चिन सहरनजिकै झडप भएको थियो। झडपमा आईएस लडाकू समूहले सरकारी बलमाथि आक्रमण गरेका थिए। यस युद्धबिराम योजना मुख्यतया सिरियाको अलेप्पो नगरमा जारी युद्धबिरामलाई निरन्तरता दिने प्रयोजनवस ल्याइएको थियो।
अलेप्पोलगायत सिरियाका अन्य युद्धग्रस्त इलाकाबाट सर्वसाधारणलाई सुरक्षित उद्धार गर्नका लागि गत महिनाको सुरुमा नै टर्की र रुसको मध्यस्थतामा युद्धबिराम गरिएको थियो। तर, रुस र अमेरिकाको मध्यस्थतामा भएका, यस अघिका युद्धबिराममा अवलम्बन गरिए जस्तै, अहिले पनि आतङ्ककारीविरुद्ध प्रतिकार गर्नेकार्य भने रोकिने छैन ।
सिरियामा सन् २०११ को मार्च महिनामा सिरियाली राष्ट्रपति बसार अल असदको राजीनामाको माग गर्दै सुरु भएको आन्दोलन केही समयपछाडि गृहयुद्धमा परिणत भयो। यस गृहयुद्धमा आतङ्ककारी समूह अल कायदा र इस्लामिक स्टेट पनि दबदबा बढ्दै गयो। जारी यसद्वन्द्वमा परी सन् २०११ देखि हालसम्म ३ लाख १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ। लाखौंको संख्यामा घाइते भएका छन् भने, लाखौंले आफ्नै देश र छिमेकी देशमा शरणार्थी जीवन बिताइरहेका छन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्