
सिनर्जी ग्रुपले केटीटी इन्टरनेशनल एण्ड वन वल्र्ड नामको कम्पनीले नेपाल वायुसेवा निगमलाई आफ्नो स्वीकृतिविना नै आफ्नो कम्पनीको स्वामित्वमा रहेका सिरियल नम्बर १५८६ र १६०८ एमएसएनका जहाज दिने कबोल गरी टेण्डर हालेको थाहा भएकाले सो पार्टीलाई टेण्डर परेमा पनि आफ्नो कम्पनी सिनर्जी एरोस्पेस ती विमान डेलिभरी गर्न बाध्य नहुने सिनर्जी ग्रुपले निगमलाई पत्र लेखेपछि आफुले गरेको बदमासी छताछुल्ल भएकाले त्यसलाई ढाकछोप गर्न केजेटीका स्थानीय कमिसन दलाल विनय रावलको सल्लाहमा केजेटी इन्भेष्टमेण्ट र वन वल्र्ड कन्सल्टले जनवरी ९ तारिख अर्थात् गत पुस २५ गते निगम सञ्चालकहरुलाई प्रलोभनमा पार्न पूरक प्रस्ताव हालेको थाहा भएको छ ।
निगमको प्रस्ताव मूल्याड्ढन समितिले केजेटी इन्भेष्टमेण्ट र वन वल्र्डले गरेको बदमासी पत्ता लगाइसकेपछि केजेटी इन्भेष्टमेण्टका सीईओ कोलिन फ्र्याङ्कलिन र वन वल्र्ड कन्सल्टको सीईओ रेउभेन सेन्नीले संयुक्त रुपमा हस्ताक्षर गरेर पठाएको उक्त पत्र निगमका अध्यक्ष शंकर प्रसाद अधिकारी, महाप्रबन्धक सुगतरत्न कंसाकार, सञ्चालक बुद्धिसागर लामिछाने, पुष्पलाल पोते, टेकनाथ आचार्य लगायतलाई पठाइएको थियो ।
विनय रावलले गरेको जालसाजी एकीन भइसकेपछि पठाइएको उक्त पूरक प्रस्तावमा मूल्य घटाएको घोषणा गरिएको थियो । सञ्चालकहरुलाई आप्mनो अफर स्वीकार गर्न र केजेटीको कमिसन दलालसँग सहकार्य गर्न समेत आग्रह गरिएको उक्त पूरक प्रस्ताव फर्जी विमानकाण्ड ढाकछोप र सामसुम पार्न गरिएको तिकडमबाजी रहेको रुपमा निगम बोर्डले लिएको समाचार स्रोतको दाबी छ । वन वल्र्ड कन्सल्टको लेटर प्याडमा उक्त पूरक प्रस्ताव पठाइएको थियो ।
फर्जी विमानकाण्डका नाइके विनय रावलले अदालतमा हालेको मुद्दा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हालेको उजुरी तथा शक्ति केन्द्रहरुमार्फत दबाब दिएर निगम व्यवस्थापनलाई घेराबन्दीमा पारेर आपूmअनुकूल निर्णय गराउने प्रयास सिनर्जी ग्रुपको पत्रले विफल बनाएपछि कमिसन दलाल रावलले निगमलाई अफरको प्रलोभन देखाएको हो । हुँदै नभएको विमानको मूल्य घटाउनु र बढाउनु वा टेण्डर प्रस्ताव मूल्याड्ढन भइसकेपछि पूरक प्रस्ताव पठाउनु उस्तै–उस्तै बेइमानी हुन् ।आर्थिक दैनिकमा खबर छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्