
एजेन्सी – चीनले संसारको सबैभन्दा अग्लो टेलिस्कोप तिव्वतमा निर्माण गरेको छ । भारतीय वास्तविक नियन्त्रण रेखासंग जोडिएको तिव्वत प्रान्तमा वनाइएको चीनको गुरुत्वाकर्षण तरंगको यो टेलिस्कोप संसारको सबैभन्दा अग्लो टेलिस्कोप हो ।
यस टेलिस्कोप निर्माणमा १८।८ मिलियन डलर खर्च भएको छ । यस टेलिस्कोपका माध्यमबाट चीनले ब्रह्माण्डबाट निस्तेज गुन्जयमान प्रतिध्वनि पत्ता लगाउने छ । यसबाट विग व्यांग सिद्धान्तबारे थप रहस्यहरुका पर्दा खोलिने विश्वास गरिएको छ ।
चाइनेज एकेडेमी अफ साइन्सको राष्ट्रिय खगोलिय वेधशालाका मुख्य शोधकर्ता याओ योंग क्विआंगले कोड नेम नगारी नम्वर वन नामबाट पहिलो टेलिस्कोपको निर्माण कार्य नगारी प्रान्तको शिक्वानहि शहरको ३० किलोमिटर दक्षिणमा सुरु भइसकेको छ ।
तिब्वतको अन्तिम प्रान्त नागरिको समुन्द्र देखि ५२५० मिटरमा यो टेलिस्कोप निर्माण गरिएको छ । यो उचाइमा वादल लाग्न वित्तिकै हिउँ पर्छ । यसले उत्तरी गोलाद्र्धमा मौलिक गुरुत्वाकर्षण तरंगहरुमा सटिक आँकडा पत्ता लगाउने र ति आँकडाहरुलाई एकिकृत गर्ने छ ।
सन २०२१ सम्म यो सुरु गरिने छ र दोस्रो चरणमा नगारि नम्वर २ समुन्द्री सतहबाट ६ हजार मिटरमाथि निर्माण गरिने छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्