
- रेखा ग्वायमरु
सानैबाट वादविवाद प्रतियोगिताको प्राय ठाउँमा शीर्षक हुन्थ्यो, ‘तरवार बलियो कि कलम ?’ बर्षौंदेखि चलीांआएको यो शीर्षक अझै पनि उस्तै जिवित छ, चर्चित छ । तर समयले यस्तो पनि परिघटनालाई निम्त्याईदिएको छ जो सीधा इज्जतसँग गाँसीएको छ ।
सन्दर्भ उही १४ लाख पर्ने रोलेक्स घडीको हो । कांग्रेस नेता तथा संसद रामहरी खतिवडालाई र्याडिसन होटलको जिम क्लबबाट १४ लाखको घडि चोरेको आरोप लागेपछि सामाजिक सञ्जालमा एकाएक यो खबर यसरी भाइरल भयो कि मानौं देश घडीमय भएको छ । संसदले घडी चोरेको भन्दै विभिन्न अनलाइनले ‘हेडलाइन’ बनाए । तर यता प्रधानसेनापति छत्रमान सिंह गुरुङका छोराको घडी चोरेको आरोप लागेपछि उनले आफु चोर नभई फसाउनलाई कसैले षड्यन्त्र गरेको स्पष्टिकरण दिएका छन् ।
उनको भनाइ आइतबार नै सार्वजनिक भयो । ‘म बिहान र्याडिसनको क्लबमा नुहाइ–धुवाइ गरेर म घर फर्किए र त्यसैदिन गृहजिल्ला ओखलढुंगातिर लागें । भोलीपल्ट मेरो खल्तीमा घडि भेटियो त्यसपछि म तिनछक परेँ।सीमान्तसँगै क्लवमा आउने एक ब्यक्तिसँग मेरो पनि चिनजान छ, उनले केही समय पहिले प्रहरीमा कार्यरत श्रीमतिको सरुवा गर्न उपेन्द्रकान्त अर्याललाई भनिदिनु परयो पनि भनेका थिए, मैले भनेको पनि थिएँ, तर सरुवा भएन’ खतिवडाले भने ‘त्यही रिसिबी साध्न मेरो पकेटमा घडि राखिदिएको मैले आशंका गरेको छु ।’ उनले भनेका छन् ।
अचम्मै भयो । खल्तीमा भएको १४ लाखको घडी प्रहरीले अनुसन्धान थापेपछि मात्र खल्तीमा रहेछ भन्ने थाहा भयो रे ! एउटा घडीको विषयले यहाँसम्मको स्थान पायो । एउटा ‘हिरो’ नेतालाई ‘जीरो’ बनाइदियो । र सावित गरिदियो, बलियो रहेछ ‘घडी’। खतिवडाले प्रतिक्रिया दिंदै भनेका छन्, ‘बरु गोली ठोकिदिएको भए हुन्थ्यो, यो घडीको कुराले जीवनभर मार्ने भयो ।’ हो नि है ! मार्ने नै भयो । अव यहि कुरालाई थाती राख्दै एउटा वादविवाद प्रतियोगिता राखौं न, ‘तरवार बलियो कि घडी’?
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्