
एजेन्सी – सिरियाको उत्तरी क्षेत्र अलवाबमा इस्लामिक स्टेट आइइस समूहलाई लक्षित गरी भएको हवाई आक्रमणमा बिहीबार कम्तिमा २२ जना आइएस लडाकूको मृत्यु भएको टर्कीको सेनाले जनाएको डेली सबाहले लेखेको छ। हवाई आक्रमण १६० आइएस लडाकूले आश्रयस्थल बनाएर बसेको अलवाव क्षेत्रमा भएको थियो।
आइएस विरुद्धको आक्रमणमा टर्कीले आतङ्ककारीद्वारा प्रयोग गर्न तयार पारी राखेको सन् २०१६ अगष्टदेखि नियन्त्रणमा लिइएका २ हजार ८४५ थान विस्फोटक पदार्थ नष्ट गरिएको सेनाले जनाएको छ।
टर्कीको सिरियाली कुर्दिस पिपुल्स प्रोटेक्सन युनिट वाईपिजी र सिरियाली कुर्दिस डेमोक्रेटिक पार्टी ९पिवाईडी०लाई आतङ्कवादी समूहको रुपमा हेर्दै आएको र उनीहरु विरुद्ध ‘युफ्रट्स शिल्ड अपरेशन’ सुरक्षा अभियान चलाउँदै आएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्