
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – तरुण दलले आह्वान गरेको बाँके बन्दका कारण आइतवार बिहानैदेखि जिल्लाको जनजिवन प्रभावित भएको छ । बन्द सफल बनाउन तरुण दलका नेता तथा कार्यकर्ता सकडमा उत्रिएका छन् ।
कोहलपुर, नेपालगन्ज लगायतका प्रमुख बजारहरु अधिकांश बन्द छन् भने लामो र छोटोदुरीका दुवै सवारी साधन पनी चल्न सकेका छैनन् ।
युवा संघ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहारको घटनामा तरुणदलका क्षेत्रीय सभापतिलाई प्रहरीले झुठो आरोप लगाएर फसाउन खोजेको भन्दै सो को बिरोधमा तरुण दलले आइतवार बाँके बन्दको घोषणा गरेको हो ।
शनिबार नेपाल तरुण दल बाँके क्षेत्र नं १ का क्षेत्रीय सभापति दिग्विजय जङ्ग राणालाई कोहलपुर प्रहरीले पुनः पक्राउ गरेपछि तरुणदल बाँकेले उनलाई नियतवश फसाउनलाई पक्राउ गरिएको भन्दै बन्द आह्वान गरेको तरुण दलले जनाएको छ ।
युवा संघका केन्द्रीय सदस्य एवं बाँके जिल्ला इन्चार्ज बुढाथोकीमाथि खुकुरी प्रहार गरिएको घटनासँग जोडेर अनुसन्धानका लागि भन्दै प्रहरीले शनिवार पुनः राणालाई पक्राउ गरेको थियो ।
यसअघि बुढाथोकीलाई खुकुरी प्रहार गर्ने एमालेकै कार्यकर्ता लक्ष्मण मल्ललाई भने प्रहरीले काठमाण्डौबाट पक्राउ गरिसकेको छ । बुढाथोकीको भारतको लखनउमा उपचार भैरहेको छ । उनको अवस्था खतरामुक्त रहेको एमाले बाँकेले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्