
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – सरकारले भूकम्प अति प्रभावित १४ जिल्लाका पीडितहरूका लागि दिने भनिएको १५ सय ट्याक्सीको नम्बर फागुनको पहिलो हप्तासम्म आउने भएको छ। त्यसका लागि यातायात व्यवस्था कार्यालय एकान्तकुनाका ३० जना कर्मचारी एक हप्तादेखि नामावली रुजु गर्ने कामका खटिएको कार्यालयका प्रमुख बसन्तराज अधिकारीले बताए।
कार्यालयले माघको तेस्रो हप्ताभित्र भूकम्प पीडितको स्विकृत नामावली प्रकाशन गरिसक्ने तयरी गरिरहेको छ। नामावलीका लागि प्रारम्भिक चरणमा ए थ्री साइजको पेपरमा ६४ सय पेजको तथ्याङ्क भएका कारण केहि समय लाग्ने अधिकारीले बताए।
हामी सकेसम्म माघको अन्तिमसम्म र ढिलोमा फागुनको पहिलो हप्ताभित्र सबै प्रक्रिया पूरा गरेर भूकम्प पीडितलाई ट्याक्सीको नम्बर उपलब्ध गराउँछौुं अधिकारीले भने ुत्यसका लागि यातायात व्यवस्था विभागसँग समन्वय गरी नामावली निकाल्ने काम चलिरहेको छ।ु
अहिलेसम्म कुल आवेदन दिने व्यक्तिको टुङ्गो लागेको छ। ट्याक्सीको नम्बरका लागि १४ जिल्लाका कुल एकलाख ४८ हजार ६ सय १६ जनाले आवेदन दिएको अधिकारीले बताए। यसअघि अर्कै तथ्याङ्क आएपनि अन्तिम संङ्ख्या भने यति नै कायम भएको उनले जानकारी दिएका छन् ।
सबैभन्दा धेरै सिन्धुपाल्चोक जिल्लाबाट र सबैभन्दा कम रसुवा जिल्लाबाट आवेदन परेको छ। सिन्धुपाल्चोकबाट २५ हजारले ट्याक्सीको नम्बरका लागि आवेदन दिएका छन् भने रसुवाबाट जम्मा २५ सयले मात्र आवेदन दिएको अधिकारीले बताए।
यातायात व्यवस्था विभागले माघको तेस्रो हप्ताभित्र स्विकृत अन्तिम नामावली तयार गरेर १४ वटै जिल्लामा पठाउने तथा वेवसाइटमा राख्ने जनाएको छ। भूकम्प पीडितले सो नामावली हेर्नका लागि काठमाडौं धाउनुपर्ने बाध्यता छैन। कसैको विवरण बिग्रेमा वा सच्याउनुपर्ने भएमा वा रसिद नम्बर गलत परेमा क्रसचेक गर्न समय दिइने उनले बताए।
सरकारले भूकम्प अति प्रभावित जिल्ला दोलखा, गोरखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चक, रसुवा, धादिङ, नुवाकोट, भक्तपुर, काठमाडौ, ललितपुर, मकवानपुर, सिन्धुली, रामेछाप र ओखलढुङ्गाका पीडितहरूलार्इ ट्याक्सीका लागि आवेदन माग गरेको थियो।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्