×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवनका कमल बस्नेत र काभ्रेका चिरन्जीवी भुर्तेल जसले अर्काको जग्गा बैंकमा धीतो राखेर ठगी गरे…

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चितवनका कमल बस्नेत र काभ्रेका चिरन्जीवी भुर्तेल जसले अर्काको जग्गा बैंकमा धीतो राखेर ठगी गरे…

२९ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – चितवनको रत्ननगरस्थित बछौली, कमल बस्नेतको नाममा रहेको १९ कठ्ठा १४ धुर जग्गा बैंकमा राखेर २ करोड ठगी गर्ने काभ्रेपलान्चोक मेथिनकोटका चिरञ्जिबी भुर्तेल र किर्तेमा संलग्न महोत्तरी डामीमोडेका अशोककुमार साहलाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
भुर्तेललाई अदालतले पुर्पक्षको लागि थुनामा पठाएको छ भने साहलाई म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
किर्ते गरी रकम निकालेर फरार भएका उनीहरुलाई नियन्त्रणमा लिएर कारबाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाले जानकारी दिए ।
उनीहरुले काठमाडौका कमल बस्नेतको नाममा चितवनको बछौलीमा रहेको १९ कठ्ठा १४ धुर जग्गा नक्कली बस्नेत खडा गरी मालपोत कार्यालय चितवनबाट बाग्लुङका मेरसिंह घर्तीको नाउँमा पास गरेका थिए । उक्त जग्गा ज्योती बिकास बैंक काठमाडौंमा २०७२ साल माघ १३ गते नै धितो राखेर दुई करोड रुपैयाँ निलाकिएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: