
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – तराई मधेस लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले मधेसको माग छिट्टै पूरा हुने बताउनुभएको छ ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज तमलोपाको नयाँ पार्टी कार्यालयको उद्घाटन गर्दै अध्यक्ष ठाकुरले अब मधेसको माग पूरा हुनबाट कसैले रोक्न नसक्ने दाबी गर्नुभएको छ ।
सोही अवसरमा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले एमालेसहितका दलले संसद् अवरोध अथवा अन्य कुनै कार्यक्रम गरेर पनि अब मधेसलाई अधिकार प्राप्तिबाट रोक्न नसक्ने दोहो¥याउनुभयो ।
उहाँले वर्तमान संविधान अपूरो र अधुरो रहेको तथा कसैले पनि संविधानको गलत व्याख्या गरेर कसैको अधिकार प्राप्तिमा रोक लगाउन नसक्ने भएकाले मधेसले पाउनुपर्ने सबै अधिकार दिलाएरै विराम लिने बताउनुभयो ।
उहाँले वर्तमान सरकारलाई संविधान संशोधनको विकल्प नरहेको र सबै नेपालीलाई समान हक अधिकार दिन संविधान संशोधन नगरी नहुने भएकाले सरकारले छिट्टै संविधान संशोधन गर्नेमा सबैलाई विश्वस्त रहन आग्रह गर्नुभयो ।
अध्यक्ष ठाकुरले संविधान संशोधन बिना देशले निकास नपाउने र केही दलले चाहँदैमा सरकारले संविधान संशोधनको प्रक्रिया नरोक्ने तथा छिट्टै सम्पूर्ण नेपालीको माग पूरा हुने गरी संविधान संशोधन हुने बताउनुभयो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्