
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – तिनाउ विकास बैंक लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा उल्लेख्य प्रगति गरेको वित्तीय विवरण पेश गरेको छ। गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा बैंकले १०२ प्रतिशतले वृद्धि गरि खुद मुनाफा ५ करोड १८ लाख रुपैयाँ पुर्याएको छ।
यस अवधिमा बैंकल ३० प्रतिशतले बढाएर निक्षेप ३ अर्ब ६४ करोड निक्षेप संकलन गरेको छ भने ३ अर्ब ९ करोड कर्जा परिचालन गरेको छ। यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ७७ प्रतिशतले बढेर ९ करोड ८१ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ९८ प्रतिशतले बढेर ७ करोड ९५ लाख रुपैयाँ पुगेको छ।
यस अवधिमा बैंकको चुक्ता पुंजी ३८ करोड ७५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष रकम ९ करोड २३ लाख रुपैयाँ रहेको छ। बैंकले यस अवधिमा ३ लाख रुपैया खराब कर्जा उठाउन सफल भएको छ। खराब कर्जा अनुपात भने शुन्य दशमलब १२ प्रतिशतबाट बढेर शुन्य दशमलब ३४ प्रतिशतमा पुगेको छ।
यस अवधिमा बैंकको प्रति सेयर आम्दानी ३० दशमलव ३६ रुपैयाँ, प्रति शेयर नेटवर्थ १ सय ४० दशमलव ५७ रुपैयाँ, मुल्य आम्दानी अनुपात ११ दशमलव ५३ गुणा र कर्जा निक्षेप अनुपात ७५ दशमलब २९ प्रतिशत रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्