Skip to content
LAXMI SUNRISE BANK

‘नेपाली टोपी हाम्रो शान, हाम्रो पहिचान’ (फोटोफिचर सहित)

अर्थ सरोकार

  • कृष्णा चौलागाईं / अर्थ सरोकार डटकम
काठमाडौँ  – आज ढाका टापी दिवस देश भर विभिन्न कार्यक्रम गरी मनाइदै छ । त्यसैगरी जागरुक युवा अभियान नेपालले बिगतका बर्षहरुमा झैँ यस बर्ष पनि अन्तराष्ट्रिय टोपी दिवस मनाएको छ । अभियानले बिगत ३ बर्ष देखि अंग्रेजी नयाँ बर्ष अर्थात जनवरी १ का दिन अन्तराष्ट्रिय टोपी दिवस मनाउदै आएको छ।
चौथो अन्तराष्ट्रिय टोपी दिवसको अवसरमा आयोजक जागरुक युवा अभियानले काठमाडौँको माइतीघर मण्डलामा भेला भई प्रभात फेरी गरेको थियो भने त्यहाँबाट नयाँ बानेश्वर पुगेर कोण सभा गरेको थियो । 
कार्यक्रममा सबै उमेर समुहका कलाकार, विद्यार्थी, विभिन्न पेशाकर्मीहरुको उल्लेख्य सहभागिता थियो।  युवाहरु मात्र नभई युवतीहरु समेत नेपाली टोपीमा सजिएर सहभागी भएका थिए । 

हेर्नुस फोटो फिचर 






Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK