×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पैदल यात्रुलाई पनि ट्राफिक नियम

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पैदल यात्रुलाई पनि ट्राफिक नियम

३ माघ २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – दल यात्रुले तोकिएको स्थानबाट मात्र बाटो काट्नुपर्छ । साइकलका लागि बनाएको सडकमा साइकल कुदाउनुपर्छ । सडकमा जथाभावी चौपाया छाड्नुहुन्न । सडकलाई बिस्कुन सुकाउने स्थान बनाउनु हुन्न । यस्तो सामान्य विषयलाई लापरबाही गर्दै आएका तपाईँ हामी अब भने जिम्मेवार र सजक बन्नुपर्नेछ । नत्र दण्डको भागीदार ।
सवारी साधनलाई निषेधित क्षेत्रमा पार्किङ गर्दा दुर्घटना भए र जथाभावी सडक अवरूद्ध र तोडफोड गरे क्षतिपूर्ति दिनुपर्नेछ । यस्तै सवारी साधन र सडकको अवस्थाका कारण दुर्घटना भए सवारी धनी र सडक निर्माण गर्ने निकाय सजायको भागीदार हुन्छन् ।
सरकारले पैदल यात्रुलाई समेत दुर्घटनामा दोषी देखिए कारबाहीको व्यवस्थासहितको सडक सुरक्षा ऐन ल्याउने तयारी गरेको छ । डक विभागले सरोकारवाला निकायको सहकार्यमा सडक प्रयोगकर्ता, निर्माता र सवारीसाधन सबैलाई कसुर अनुसार सजाय र क्षतिपूर्ति भराउने व्यवस्थासहित ‘नेपाल सडक सुरक्षा ऐन–२०७३’ मस्यौदा तयार पारेको हो ।
छलफलमा रहेको मस्यौदामा हालको यातायात व्यवस्था ऐनमा रहेका धेरै व्यवस्थालाई कसुर तथा सजायको मात्रा तथा क्षतिपूर्तिको निर्धारण राष्ट्रिय सडक सुरक्षा परिषद् गठनपछि हुनेछ । सडक विभागका प्रवक्ता दयाकान्त झाले अधिकारप्राप्त राष्ट्रिय सडक सुरक्षा स्थापनासहितको मस्यौदाउपर छलफल भइरहेको बताए । नागरिक दैनिकबाट साभार गरिएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: