×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सवारी ट्रायलको नियम फेरियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सवारी ट्रायलको नियम फेरियो

Artha Sarokar

२१ पुष २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – चार पांग्रे सवारीका लागि सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० निकाल्न ट्रायलको तयारी गर्दै हुनुहुन्छ रु अब ट्रायल गर्ने विधि फेरिएको छ, त्यसैले त्यसै अनुसार तयारी गरेरमात्रै जानुहोस् ।
यातायात व्यवस्था कार्यालय बाग्मती अन्तरगत सिंहदरबारको बग्गीखानास्थित ट्रायल सेन्टरले ट्रायलको बिधि र नियममा नियममा परिवर्तन गरेको हो । अब पहिलेजस्तो पार्किङबाट सवारी सीधै ‘एट’ सेपमा प्रवेश गर्ने छैन ।
अब बग्गीखानामा ट्रायल दिँदा सुरुवातमै गाडीले ‘टी’ सेपलाई क्रस गर्नुपर्ने गरी नियम बनाइएको यातायात ब्यवस्था विभागका प्रवक्ता डा। टोकराज पाण्डेले जानकारी दिए । यसअनुसार गाडी चालकले गाडी स्टार्ट गरेपछि ‘टी’ सेपमा गाडी लैजानेछन् ।
यसअघि ‘एट’ सेपबाट ट्रायल सुरु हुन्थ्यो र ‘टी’ मा पुगेर टुङ्गिन्थ्यो । र, सबै सेप पार गरेकाहरु पनि प्राय ‘टी’मा धेरै फेल समेत हुने गरेका थिए । ‘टी’ सेप ट्रायलमा सबैभन्दा कठिन सेप मानिन्छ ।
अन्तिम पुगेर फेल हुँदा परीक्षार्थीको समयको नास मात्र हुने गरेको गुनासो समेत आउने गरेको थियो । साथै पछिल्लो दिनमा लिखित दिएर ३ पटकसम्म ट्रायल दिन पाउने ब्यवस्था गरिएको छ । यसैका कारण ट्रायल सेन्टरमा चाप बढेपछि अप्ठ्यारो मानिएको ‘टी’ स्टेपलाई सुरुमै ल्याइएको स्रोतको दावी छ ।
अब कमजोर रहेकाहरु पहिलो चरणको ‘टी’ मा नै फेल हुने भएकाले समयको बचत हुने कार्यालयको दाबी छ । यसबाट ट्रायल छिटो(छिटो गर्न सकिने कार्यालयका एक अधिकारी बताउँछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी