×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

त्रिवेणीको पनि आयो ३ लाख ५८ हजार कित्ता सेयर लिलामीमा

PRIME CA

त्रिवेणीको पनि आयो ३ लाख ५८ हजार कित्ता सेयर लिलामीमा

१३ माघ २०७३, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार संम्वाददाता 

 काठमाडौं – त्रिवेणी विकास बैंकले तीन लाख ५८ हजार ६०।४२ कित्ता सेयर बिहीबारदेखि लिलामीमा बिक्री खुला गरेको छ । बैंकले दुई लाख २९ हजार १४३ ।४५ कित्ता सर्वसाधारण समूह र एक लाख २८ हजार ९१६।९७ कित्ता संस्थापक समूहको सेयर लिलामीमा बिक्री गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकेर बोलपत्र भर्नुपर्नेछ ।  
यो लिलामी सेयरमा आवेदन दिने अन्तिम म्याद माघ २० गतेसम्म तोकिएको छ । बैंकले हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर यतिबेला लिलामीमा बेच्न लागेको हो । यसअधि बैंकले कात्तिक २३ देखि मंसिर २७ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । आवेदकले एस क्यापिटल लिमिटेड लालकोलनीमार्ग, लालदरबार काठमाडौं तथा त्रिवेणी विकास बैंकको केन्द्रीय कार्यलय थापाथली काठमाडौंबाट आवेदन  फारम लिन र बुझाउन सक्नेछन् ।
त्रिवेणीको बिक्री प्रबन्धकको रुपमा एस क्यापिटल लिमिटेड हो । बोलपत्र माघ २१ गते दिउसो ३ बजे एस क्यापिटल लिमिटेड लालकोलनीमार्ग लालदरवार काठमाडौंमा खोलिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: