×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ट्रम्प सहयोगका लागि पुटिनले साइवर हमला गरेको सीआइएको दावी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ट्रम्प सहयोगका लागि पुटिनले साइवर हमला गरेको सीआइएको दावी

Artha Sarokar

२४ पुष २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी – अमेरिकी गुप्तचरसँस्था सी आई ए ले निर्वाचनताका नवनिर्वाचित राष्ट्रपति डोनाल्ट ट्रम्पलाई सहयोग गर्न रुसी राष्ट्रपति भ्लाद्मीर पुटीनले साईवर आक्रमण गरेको प्रतिवेदन पेश गरेको छ ।
सपथ लिनु दुई साताअघि सी आई ए ले ट्रम्प टावरमा पुगेर पुटीनको इशारामा रुसले अमेरिकी चुनावमा साइवर आक्रमण गरेको प्रतिवेदन ट्रम्पलाई वुझाएको हो । सी आइ ए अधिकारीहरुले सो रिपोर्टको एक प्रति राष्ट्रपति वाराक ओवामालाई पनि वुझाएको छ ।
सी आई ए अधिकारीसंगको वैठक पछि ट्रम्पले २० जनवरीको सपथ लगत्तै आफ्नो प्राथमिकता सुरक्षा हुने भन्दै अमेरिकालाई सुरक्षित वनाउन एक संयन्त्र निर्माण गरिने वताए ।
उनले रुसी साइवर आक्रमणको चुनावमा भने कुनै असर नपरेको अडान लिए । सी आई ए को रिपोर्टमा भने रुसले अमेरिकामा गरेको जटिल साईवर अभियान अमेरिकी सरकार र लोकतन्त्रमाथि खतरा निम्त्याउन थियो भन्ने निष्कर्ष निकालिएको छ ।
२५ पृष्ठ लामो उक्त प्रतिवेदनमा अमेरिकी चुनावमा रुसी साइवर आक्रमणमा पुटीनको संलग्नतावारे भने स्पष्ट प्रमाण दिइएको छैन । रुसले भने अमेरिकाले लगाएको उक्त आरोपको यस अघि नै खण्डन गरिसकेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी