
एजेन्सी – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग सम्बन्धित रहेको भनिएको खबर सार्वजनिक गर्न दिएको भन्दै अमेरिकी गुप्तचर निकायको चर्को आलोचना गरेका छन् । रुससँग आफूविरुद्ध आपत्तिजनक जानकारी रहेको भन्ने विवादास्पद दस्तावेज सार्वजनिक हुनुमा अमेरिकी गुप्तचर निकाय जिम्मेवार रहेको आरोप उनले लगाएका हुन् ।
राष्ट्रपति निर्वाचित भएपछि आयोजित पहिलो पत्रकार सम्मेलनमा ट्रम्पले सार्वजनिक भएको दस्तावेज आधारहीन र झुटो भएको दाबी गरे । सार्वजनिक दस्तावेजमा रुसी अधिकारी र ट्रम्प यौनकर्मी महिलासँग देखिएको भिडियो र ट्रम्पको कारोबारमा हानि पुग्ने किसिमको महत्वपूर्ण जानकारी रहेको बताइएको छ ।
आगामी योजनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ट्रम्प अधिकांश समय दस्तावेजका बारेमा केन्द्रित भएका थिए । २५ पृष्ठ लामो दस्तावेजका आधारमा गुप्तचर निकायले गत हप्ता दुई पृष्ठको प्रतिवेदन राष्ट्रपति बाराक ओबामा र ट्रम्पलाई बुझाएपछि यो विषय गम्भीर रूपमा बाहिर आएको बीबीसीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्