एजेन्सी – अंग्रेजी नयाँ वर्ष २०१७ को स्वागतमा खुशियाली मनाइरहेका मानिसहरुमाथि भएको आतंकवादी आक्रमणमा टर्किमा ३५ जनाको मृत्यु भएको छ ।
राजधानी स्तानावुलको एक नाइट क्लवमा खुशिले रमाइरहेका सर्वसाधारणको भिडमा आतंकवादीहरुले आक्रमण गरेपछि दर्जनौ मानिसहरु घाइते भएका छन् । समाचार अनुसार शान्ताक्लजको पोशाकमा आएका केहि आतंकवादीहरु क्लव भित्र छिरेर उनीहरुले अन्धाधुन्ध फाइरिंग गरेका हुन् ।
स्तानावुलका गभर्नरले आक्रमणमा ३५ जना मारिएको र ४० वढी घाइते भएको पुष्टी गरेका छन् । आक्रमणपछि नाइट क्लवमा कोलाहल मच्चिएको थियो ।