
एजेन्सी – सिरियाली विद्रोही समूहको अधीनस्थ सहर अजाजमा शनिबार भएको ट्याङ्कर बम विस्फोटमा परि ४८ जनाको मृत्यु भएको छ। उत्तर अलेप्पो राज्यको टर्कीसँग सीमा जोडिएको अजाज सहरमा भएको विस्फोटमा परि मृत्यु हुनेमा ६ जना सिरियाली बिद्रोही र बाँकी सबै सर्वसाधारण रहेको एएफपीले जनाएको छ।
यसअघि यति धेरै मानिसको ज्यान जाने गरी आक्रमण नभएको स्थानीय प्रत्यक्षदर्शीले बताएका सिरियाली मानव अधिकारवादी संस्थाले जनाएका टन्। संस्थाका प्रमुख रमी अब्देल रहमानले घटनामा मृत्यु भएका प्रायः सबैजनाको विस्फोटबाट चिन्न नसकिने गरी शरीर उढेको र दजैनौँ सर्वसाधारण घाइते भएका छन्।
टर्की र रसियाको मध्यस्थतामा सिरियाली सरकार पक्ष र विद्रोहीबीच एक साता पहिले डिसेम्बर ३० मा युद्धविराम सम्झौता भएपछि पनि सवै पक्षबाट सम्झौता उल्लङ्घन गर्दै एक अर्काविरुद्ध आक्रमणलाई निरन्तरता दिइरहेको बताइरहे पनि यति धेरै नागरिकको मृत्यु हुने गरी भएको यो नै प्रमुख घटना हो।

दुई दिन पहिले सिरियाली युद्धविराम सम्झौतामा समावेश भएका करिब एक दर्जन विद्रोही समूहले युद्धविरामपछि पनि सरकारले राजधानी दमास्कस वरपरका क्षेत्रमा सुरक्षा कारबाही जारी राखेको भनी असन्तुष्ट पक्षले केही समयपछि काजकिस्तानको राजधानी अस्पतानामा संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा शान्ति वार्ताका लागि छलफल हुने बैठकमा सरकारद्वारा जारी राखेका आक्रमण नरोके आफूहरुले संलग्नता नजनाउने भनी एक विज्ञप्ति जारी गरी सम्झौता उल्लङ्घन भएको तर्फ सम्बद्ध सबै पक्षलाई अवगत गराएका थिए।
घटनाको जिम्मेवारी शनिबार रातिसम्म कसैले लिएको छैन । विस्फोटको समयमा उक्त सहरमा उपलब्ध एक वकिल वोसामा अल मेहरीले घटना इस्लामिक स्टेट –आइएस को स्थानीय समूहद्वारा गराइएको हुनसक्ने बताए। नागरिकलाई तर्साउने गरी भएकाले उनले घटनामा सिरियाली दायस समूहको संलग्नता रहेको आशंका व्यक्त गरे।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्