
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा नारा लगाउँदै सडकमा उत्रेका उज्यालो नेपाल अभियानका ३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार बिहान काठमाडौंको माइतिघरबाट नयाँ बानेश्वरसम्म जुलुस गर्ने क्रममा प्रहरीले उज्यालो नेपालका सदस्यहरुलाई नियन्त्रणमा लिएको हो।
पक्राउ गरिएकाहरुमध्ये २८ जनालाई नगर प्रहरी कार्यालय प्रदर्शनीमार्ग र १० जनालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको प्रहरीले जनाएको छ। जलविद्युतमा जनताको लगानी सुनिश्चित गरु नारा लगाउँदै हिँडेका अभियानका सदस्यहरुले विद्युत प्राधिकरण सञ्चालक समितिका तीन जना सञ्चालकलाई थमौति गर्ने सर्वोच्च अदालतको आदेशको पनि विरोध गरेका थिए। तर अभियानका एकजना सदस्य शान्त शर्मा आफूहरुले अदालतको फैसलाको विरोध नगरेको दावी गरे।
हामीले सम्मानित अदालतको आदेशको विरोध गरेका होइनौँ, राम्रो काम गर्ने कुलमान घिसिङको काममा अवरोध नगर्न सचेतमात्र गराएका हौँु, शर्माले भने। दर्ता नभएको यो संस्थाले गत मंसिर २६ गते प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई नागरिक अभिनन्दन गर्ने जनाएको थियो। तर घिसिङको अनुरोधमा उक्त कार्यक्रम स्थगित भएको शर्माले बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्