×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एका विहानै एमालेले गर्यो स्थायी कमिटी बैठक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एका विहानै एमालेले गर्यो स्थायी कमिटी बैठक

Artha Sarokar

१९ पुष २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – रुपान्तरित संसदले संविधान संशोधन गर्न मिल्ने तर सीमांकन परिवर्तन गर्न प्रदेश सभा नै आवश्यक पर्ने गरी सर्वोच्च अदालतको आदेश दिएपछि प्रमुख प्रतिपक्ष दल एमालेको स्थायी समिति बैठक बसेको छ ।
सर्वोच्च अदालतको फैसलालाई सकारात्मक भन्दै एमालेले आफ्नो अडानलाई प्रमाणित गरिदिएको ठहर गरेको छ । बैठक अघि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सीमांकन हेरफेर प्रदेश सभा गठनपछि मात्र हुन सक्ने आफ्नो अडानलाई अदालतले प्रमाणित गरिदिएको बताए । ‘हामीले जुन संबैधानिक प्रश्न उठाएका थियौ, अदालतले पनि त्यही संबैधानिक प्रश्नलाई सही प्रमाणित गरिदिएको छ’ नेम्वाङले भने ।
अदालतको आदेशपछि एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा स्थायी कमिटी बैठक बसिरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी