
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – एमाले मोरङको अध्यक्षमा ओली पक्षका उम्मेदवार विनोद ढकाल विजयी भएका छन् । ढकालले ५ सय ३ मत प्राप्त गरे भने उनका निकटम प्रतिद्वन्दी नेता माधवकुमार नेपाल खेमाका महेश रेग्मीले ३ सय २ मत प्राप्त गरे । अघिल्लो अघिवेशनमा महेश रेग्मीले विनोद ढकाललाई २१ मतअन्तरले पराजित गरि अध्यक्ष भएका थिए ।
त्यस्तै उपाध्यक्षमा रामलाल साह, सचिवमा ऋषि पोखरेल र सहसचिवमा घना तामाङ विजयी भएका छन् । विजयी सबै ढकाल प्यानलमा हुन् । नेतृत्व चयनका लागि बुधबार निर्वाचन सम्पन्न भए पनि मतगणना भने बिहीबार दिउँसो १ बजेबाट सुरु भएको थियो ।
उपाध्यक्षमा विजयी रामलाल साहले ६ सय ४९ मत पाए भने उनका प्रतिस्पर्धी सत्यनारायणले ३ सय ५७ मत पाएका थिए । उपाध्यक्षमा ५ सय ७ मत ल्याएर ऋषि पोखरेल र सहसचिवमा ५ सय ७ मतसहित विद्या चाम्लिंगसँगै ४ सय ५८ मत ल्याएर घना तामाङ विजयी भएकी छन् । मतदानमा कुल ८ सय ६५ मत खसेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्