
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेकपा एमालेले संविधान संशोधन विधेयकबारे सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गर्दै संसद खोल्ने विषयमा प्रतिपक्षी ९ दलको बैठकबाट निर्णय गर्ने भएको छ। संविधान संशोधन विधेयक रोक्न नमिल्ने सर्वोच्चको फैसलापछि एमालेले अबको रणनीति के हुने भन्ने विषयमा संसदमा आफूलाई साथ दिँदै आएका विपक्षी ९ दलसँगको छलफलपछि मात्र निर्णय गर्न लागेको हो।
फैसलापछिको रणनीतिबारे छलफल गर्न मंगलबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा स्थायी कमिटीको बैठक बसेको थियो। बैठकले संसद खुलाउने बारेमा मंगलबार नै ११ बजे संसदमा विपक्षी ९ दलको बैठक बस्ने निर्णय गरेको स्थायी कमिटी सदस्य शंकर पोखरेलले जानकारी दिए।
सर्वोच्च अदालतले प्रदेशको सीमांकन हेरफेर गर्ने अधिकार प्रदेश सभालाई मात्र रहेको संवैधानिक व्यवस्थालाई उधृत गरेकोप्रति भन्दै एमालेले उक्त फैसललाई आधार मानेर सरकारले संशोधन विधेयक फिर्ता लिनुपर्ने निश्कर्ष निकालेको छ। ुसर्वोच्चले आफ्नो फैसलामा सीमांकन हेरफेर गर्दा प्रदेश सभाको अनुमति लिनुपर्ने र प्रदेश सभाले अनुमति नदिँदा स्वतः निष्क्रिय हुने व्यवस्था आफ्नो फैसलामा कोट गरेको छ यो कुरा एमालेले भन्दै आएको होु उनले भने ुयसबाट एमालेको मान्यता र अडान पुष्टि भएको छ।
अब कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा नौ दलसँगको छलफलपछि मात्र टुङ्गो लगाउने निर्णय गरिएको छ। सीमाङ्कन लगायतका विषयहरुमा पार्टीको पक्षमा उभिएका ५ नम्बर प्रदेश लगायतका जनतालाई एमालेले धन्यवाद दिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्