- अर्थ सरोकार संम्वाददाता
काठमाडौँ – संविधान संशोधन प्रस्तावको विरोधमा एमालेसहित विभिन्न नौ विपक्षी दलले शुक्रबार राजधानीमा बृहद् जनप्रदर्शन गरेका छन् । विरोध र्यालीमा उल्लेख्य सहभागिता देखिएको थियो । मध्यान्हदेखि शहरका विभिन्न भागबाट निस्किएको जुलुस रत्नपार्कसम्म आइपुग्दा फराकिला सडकहरु छपक्कै ढाकिएका छन् । राजधानीका विभिन्न ४० वटा स्थानबाट जुलुस निस्किएका थिए ।
बागबजार, रत्नपार्कबाट निस्किएको जुलुसमा एमाले शीर्ष नेताहरु सहभागी भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोख्रेललगायतका नेता सडक जुलुसमा सहभागी भएका थिए । हेर्नुस फटो फिचर