
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – काठमाडौं उपत्यकाबासी सडक विस्तार पीडित संघर्ष समितिले पुस २० गते उपत्यका बन्दको आव्हान गरेको छ । बाटो विस्तारको क्रममा काठमाडौं उपत्यकाका केहि स्थानमा घरहरु भत्काउन थालेपछि विरोधमा उत्रिएका सडक विस्तार पीडित संघर्ष समितिले उपत्यका बन्दको आव्हान गरेका हुन् ।
सर्वोच्च अदालतको आदेशलाई समेत अटेर गर्दै राज्यकै एक निकायका मानिसले बाटो फराकिलो बनाउने भन्दै आफुहरुलाई मुआब्जा नदिई उठिबास लगाउन खोजेकोले आफुहरले बाध्य भएरै दवाब दिन उपत्यका बन्द गर्नुपरेको काठमाडौं उपत्यकाबासी सडक विस्तार पीडित संघर्ष समितिका सदस्य सरोज श्रेष्ठले रिसेन्ट नेपाललाई बताए ।
“हामीले कुनै गैरकानुनी घर बनाएका थिएनौं । पुस्तौंदेखि बसिआएका हामी स्वबासी हौं, हाम्रो बासस्थान भत्काउन पाइँदैन । राज्य नै जनताको सम्पत्तिमाथि धावा बोल्छ भने जनता चुप लागेर नबस्ने उनको भनाई थियो । उनीहरुले तय गरेको कार्यक्रम अनुसार पुस १४ गते देखि १९ गतेसम्म प्रचारात्मक कार्यक्रम गर्ने र पुस २० गते उपत्यका बन्द गर्ने छ । यसका लागि आदिबासी जनजाति महासंघको नयाँ नेतृत्वसँग सहकार्य गर्ने र त्यसमा महासँघले सहयोग गर्ने बचन दिएको पनि आयोजकहरुले बताए ।
हाल कलंकी–थानकोट–नागढुंगा, त्रिपुरेश्वर–कालिमाटी–कलंकी, सामाखुसी–धापासी–टोखा, गल्कोपाखा–चक्रपथ, जोरपाटी–थली, थली–साँघु, जोरपाटी–सुन्दरीजल, ठैब, हरिसिद्धि, वादेगाउँ, तौखेल गोदावरी चोभार–फर्पिङ, कीर्तिपुर, भक्तपुर, बुंगमति, सुनाकोथी, गोंगबुँ प्रगतिनगर–बिपि मार्ग, बालाजु, सितापाइला–रामकोट, सूर्यविनायक, चापागाउँ, ठेचो र टोखामा गरी २४ वटा स्थानीय संघर्ष समितिहरु बनेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्