
एजेन्सी – भारतको सबैभन्दा सानो टेलिकम कम्पनी भिडियोकोन टेलिकम बन्द हुने भएको छ। पञ्जावमा रहेको यो कम्पनीले आगामी फेव्रुअरी १५ देखि देशैभरी मोवाइल सेवा बन्द गर्ने जनाएको छ।
भिडियोकनले उसका ३० लाख ग्राहकलाई अर्कै टेलिकम अपरेटरसँग सेवा परिवर्तन गर्न भनेको छ। प्रिपेड ग्राहकले कम्पनीसँगको ब्यालेन्स विलहरु पेमेन्ट गरेर त्यसपछि अर्को टेलिकम कम्पनीसँग मुभ हुन सक्ने भिडियोकन टेलिकमको माउ कम्पनी भिडियोकन ग्रुप अन्तर्गतको क्वार्डरेन्ट टेलिभेन्चरले जनाएको द इकोनोमिक टाइम्सको अनलाइन संस्करणमा उल्लेख छ।
कम्पनीको सूचनामा भनिएको छ क्वार्डरेन्ट टेलिभेन्चरले फेव्रुअरी १५ को मध्यरातदेखि पञ्जाव सर्भिस एरियाबाट टेलिकम सेवा बन्द गर्नेछ।
कम्पनीको यो घोषणाले पञ्जावमा भिडियोकन टेलिकमबाट एकसयजनाको रोजगारी गुम्नेछ । कम्पनीले उनीहरुलाई अर्को क्षेत्रमा काम लगाउन सक्ने जनाएको छ। पञ्जाव राज्यमा भिडियोकन कम्पनीसंग आवद्ध चार हजार जना कामदार छन्।
कम्पनीलाई टेलिकमको व्यापारमा घाटा भएको थियो र अब फेरि लगानी गर्नका लागि उत्सुक पनि थिएन किनकी उसको स्पेक्ट्रम होल्डिङ्सको भ्यालिडिटी सन् २०२७ सम्म हुन्थ्यो कि हुँदैनथ्यो त्यसको कुनै टुंगो थिएन । कम्पनीले सन् १९९७ सेप्टेम्वरमा २० बर्षका लागि बेसिक टेलिफोन सर्भिसका लागि लाइसेन्स पाएको थियो।
त्यसपछि युनिफाइड एक्सेस सर्भिस लाइसेन्समा मुभ भएपछि सन् २००७ वाट जिएसएमका लागि थप २० बर्षको अवधि माग गरेको थियो तर भारतको टेलिकम डिपार्टमेन्टले उसको त्यो अनुरोधलाई सन् २०१५ मा अस्विकार गरेको थियो। लाइसेन्सको म्याद थप नभएपछि उसले टेलिकम सेवा बन्द गर्ने घोषणा गरेको हो। आगामी सेप्टेम्बरमा उसको लाइसेन्सको भ्यालिडिटी सकिदैछ।
भिडियोकन टेलिकमले सन् २००७ मा देशैभरीका १७ वटा सर्कलहरुमा काम गर्नेगरी स्पेक्ट्रम र लाइसेन्स पाएको थियो तर सन् २०१२ मा टुजी स्पेक्ट्रम अलोटमेन्टमा घोटाला भएपछि उसले सबै स्पेक्ट्रम गुमाएको थियो। त्यपछि फेरि स्पेक्ट्रममा बिड गरेर एयरवेभमा ६ वटा सर्कलमा चलाउन पाउने गरी टेलिकम सञ्चालन गरेको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्