×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विरोधका बिच पनि काठमाडौँ भ्यु टावर निर्माण सुरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

विरोधका बिच पनि काठमाडौँ भ्यु टावर निर्माण सुरु

Artha Sarokar

१४ माघ २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौँ – क्षेत्र नम्बर ६ का सांसद भीमसेन दास प्रधानले कुनै हालतमा बनाउन नदिने भनी सार्बजनिक घोषणा गरेको काठमाडौँ भ्यु टावर अन्तत निर्माण सुरु भएको छ । काठमाडौँ महानगरपालिकाले निर्माण गर्न लागेको उक्त टावर लामो समयको गलफत्तीपछि निर्माण हुन् लागेको हो । 
नेपाली कांग्रेसका नेता तथा सांसद प्रधानले उक्त टावर कुनै पनि हालतमा बन्न नदिने बताउदै आएका थिए । बिजपाटीसंग्फको कुराकानीमा समेत प्रधानले उक्त टावर कसैले बनाउन लागे आफुले भत्काउने बताएका थिए । स्थानीयका घर भत्काएर ब्यापारीका टावर निर्माण गर्ने काम जन हित बिपरित रहेको उनको दाबी थियो । 
तर महानगर र निर्माण कम्पनीबिचको खिचातानिको अन्त्य भएसंगै उक्त टावर निर्माण प्रक्रिया सुरु भएको छ । गत सालको महाभूकम्प जानु अगाडी नै २९ तलको भ्यु टावर बनाउने सहमति भए पनि भूकम्पपछि भने १२ तलको बनाउन लागिएको निर्माण पक्षले जानकारी दिएको छ ।
पुरानो बस पार्कमा रहेको २४ रोपनी जग्गामा उक्त टावर निर्माण गर्न लागिएको हो । सोहिका क्षेत्रका जन प्रतिनिधि समेत रहेका सांसद प्रधानले भने पुरानो बसपार्कमा टावर निर्माण गर्दा खाली ठाउको अभाव हुने र त्यहा गहिरा खाडल खन्दा स्थानीयका घर जोखिममा पर्ने बताउदै आएका थिए ।
यसका बाबजुद महानगर र निर्माण कम्पनीको सहमतिमा उक्त टावर निर्माण सुरु भई सकेको छ । यसैबिच उक्त टावर निर्माणको विरोध गरिरहेका सांसद प्रधानसंग बिजपाटीले प्रतिक्रिया लिन खोज्दा उनी उपलब्ध भएनन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी