×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल आउने विदेशीलाई भिसा दिँदा गम्भीर लापरबाही

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाल आउने विदेशीलाई भिसा दिँदा गम्भीर लापरबाही

२४ पुष २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – विदेशस्थित नेपाली नियोगहरुले नेपाल आउने विदेशीलाई प्रवेशाज्ञा भिसा दिँदा गम्भीर लापरबाही गरेको पाइएको छ ।
विभिन्न मुलुकमा रहेको नेपाली दूतावास र महावाणिज्य दूतावासका कर्मचारीसहित सरकारले नियुक्त गरेका अवैतनिक महावाणिज्यदूतहरु अनरकी कन्सुलरले मुलुकको प्रतिष्ठा र इन्ज्जतको समेत ख्याल नगरी जथाभावी भिसा दिएको पाइएको हो ।
परराष्ट्र मन्त्रालयले विदेशी नियोगमा नियुक्ति हुनुपूर्व मातहतका कर्मचारीलाई नेपालले अवलम्बन गर्दै आएको भिसा नीतिका बारेमा जानकारी दिने गरेको छ ।
परराष्ट्रको गाइडलाइनलाई कर्मचारी र सरकारले नियुक्त गरेका कन्सुलरले कार्यान्वयन गरेको देखिँदैन । यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।
नेपाली भिसा दिँदा लापरबाही गर्ने नियोगमा वासिङटन डिसीस्थित नेपाली दूतावास, महावाणिज्य दूतावास हङकङ, नयाँ दिल्लीस्थित नेपाली दूतावास, अष्ट्रेलिया क्यानबेरास्थित नेपाली दूतावास र बेईजिङस्थित नेपाली दूतावास छन् ।
यस्तै ढाकास्थित नेपाली दूतावास, जर्मनको कोलोन, इटलीको रोम र स्पेनको वार्सिलोनास्थित कन्सुलरले समेत भिसा दिँदा लापरबाही गरेको स्रोतले बताएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: