
- अर्थ सरोकार संम्वाददाता
काठमाडौ – दाङमा केन्द्रिय कार्यालय रहेको वेष्टर्न डेभलपमेन्ट बैंकले ६ महिनामा पाँच करोडभन्दा बढी नाफा गरेको जनाएको छ । बैंकले यस आर्थिक वर्षको ६ महिनामा ५ करोड ४२ लाख ४७ हजार रुपैँया नाफा गरेको हो ।
यो रकम गत आर्थिक वर्षको यहि समयको नाफा रकमभन्दा एकसय नौ प्रतिशत बढी भएको बैंकले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । यस्तै बैंकले खुद मुनाफा २ करोड ६४ लाख ५८ हजार रुपैँया कमाएको छ । यो खुद मुनाफा गत वर्षको भन्दा ९३।४३ प्रतिशतले बढी हो ।
बैंकको निक्षेप पनि गत वर्षको भन्दा बढेको छ । निक्षेप २३।८८ प्रतिशत बढेर २ अर्ब २९ करोड ९३ लाख रुपैँया पुगेको छ । यस्तै बैंकले कर्जा लगानी पनि गत वर्षको भन्दा ४८।७६ प्रतिशत बढाएको छ । बिज्ञप्ति अनुसार बैंकले यस आर्थिक वर्षको ६ महिनामा १ अर्ब ७३ करोड ८१ लाख रुपैँया कर्जा प्रवाह गरेको छ।
बैंकको दाङ, बाँके र कपिलबस्तुमा १३ शाखाहरु संचालनमा छन् । साथै बैंकले बाँकेकै समशेरगंज, सम्झनाबजार र खजुराबजारमा थप ३ वटा नयाँ शाखाहरु संचालन गर्ने तयारी गरेको समेत जानकारी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्