Skip to content
LAXMI SUNRISE BANK

हावाबाट विजुली निकाल्न अनुमति दिने तयारी हुदै

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं –  सरकारले हावाबाट बिजुली निकाल्नका लागि आवेदन दिएका कम्पनीहरुलाई छिटै सर्वेक्षण अनुमति दिने तयारी गरेको छ। हावाबाट विजुली निकाल्न भन्दै तीन वटा कम्पनीले विद्युत विकास विभागमा आवेदन दिएका छन्। नेपाल इन्टरनेशनल नवीकरणीय उर्जा कम्पनीले मुस्ताङको कागबेनीमा हावाबाट ५ मेगावाट बिजुली निकाल्ने भन्दै ०६५ सालमै आवेदन दिएको थियो। 
त्यसैगरी, वायु उर्जा प्रालिले नवलपरासीमा रामपुर वायु उर्जा आयोजना सञ्चालन गरी ३ मेगाबाट बिजुली निकाल्ने प्रस्ताव ०७२ सालमा गरेको थियो। यसै महिना एभरेष्ट विन्ड इनर्जी प्रालिले मुस्ताङको कागबेनीबाट १ मेगावाट बिजुली निकाल्ने प्रस्तावसहित आवेदन दिएको छ। ती कम्पनीहरुले उपलब्ध गराएका कागजपत्रहरुको अध्ययन गरी नपुग भए माग गर्ने र प्रक्रिया पुगे सर्वेक्षणको अनुमति दिने प्रक्रिया शुरु भइसकेको विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिए।
 बिभिन्न अध्ययनहरुले नेपालमा हावाबाट बिजुली निकाल्न सम्भव रहेको देखाएकाले यस क्षेत्रमा काम गर्न खोज्नेहरुलाई छिटै अनुमति दिइने उनले बताए। जलविद्युतमा मात्रै निर्भर हुँदा सुख्खायाममा समस्या हुने भएकाले हावाबाट बिजुली निकाल्ने प्रक्रियामा जार्नै पर्नेमा सिंहको जोड छ।
हावाबाट मात्रै नभई सौर्य उर्जाबाट बिजुली निकाल्ने तयारी गरेका आयोजनाहरुलाई पनि सर्वे लाइसेन्स दिइसकिएको छ। २१ वटा आयोजनाबाट ६१ मेगावाट बिजुली सोलारबाट उत्पादन गर्ने गरी सर्वे अनुमति दिइसकेको भन्दै सिंहले एकरडेढवर्ष पछि सोलारबाट उत्पादित बिजुली राष्ट्रिय प्रशारणमा थपिने विश्वास व्यक्त गरे। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK