×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यातायातको अनलाइन सर्भर डाउन भएपछि सेवाग्राही आक्रोशित

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

यातायातको अनलाइन सर्भर डाउन भएपछि सेवाग्राही आक्रोशित

३ माघ २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं  – अनलाइन सर्भर डाउन भएपछि काठमाडौंमा सोमबार सवारी चालक अनुमतिपत्र लाइसेन्स वितरण र त्यससँग सम्बन्धित सम्पूर्ण काम रोकिएको छ । यसै विषयले यातायात व्यवस्था कार्यालय बाग्मतिको लाइसेन्स कार्यालय एकान्तकुना आइबतार विहान तनावग्रस्त भएको छ ।
सेवाग्राहीले विभागको लापरवाहीका कारण सास्ती भोग्नुपरेको भन्दै कार्यालय परिसरमै विभाग र कर्मचारीविरुद्ध नाराबाजी समेत गरेका छन् । शुक्रबार पनि यसैगरी प्रभावित भएको काम आइतबार भने सामान्य रुपमा सुचारु भएको थियो । उनीहरुले विभागप्रति तीव्र आक्रोश पोख्दै अनियमितताका लागि गरिएको षडयन्त्रको संज्ञा दिएका दिएका छन् ।
तर, फेरि सोमबार पनि सर्भरमा समस्या देखिएको छ । जसका कारण पुनः काठमाडौंमा लाइसेन्स वितरणको काम रोकिएको छ । नवीकरण्मा आउनेहरु पनि लाइनबाटै फर्किएका छन् ।
सर्भरले काम नगरेपछि डाटा इन्ट्री नहुँदा आइतबारसमेत ट्रायल प्रभावित भएको थियो । कार्यालय प्रमुख तेजनारायण यादवले सर्भरमा आएको समस्या समाधान गर्न विभागको टोली बोलाइएको बताए । ‘यो हाम्रो कारण उत्पन्न समस्या होइन । प्राविधिक रुपमै समस्या आएकाले यस्तो भएको हो’ यादवले भने ।
अनुमतिपत्रको लागि लिखित परीक्षा उत्तिर्ण भएर ट्रायल दिन यातायात व्यवस्था विभाग पुगेका सेवाग्राही पनि प्रभावित भएका छन् । यस्तै विभिन्न कामका लागि एकान्त्कुना पुगेका झण्डै ३५ सय सेवाग्राहीलाई त्यसै फर्काउनुपरेको यादवले जानकारी दिए ।
स्मार्ट लाइसेन्स र इम्बोस्ड प्लेट जस्ता नयाँ प्रविधिको प्रयोगमा प्रवेश गरिसकेको विभागले अनलाइन फारम भर्ने सिस्टम पनि सुरु गरेको छ । तर, दक्ष जनशक्तिको अपर्याप्तताकै कारण यी सबै आधुनिक सिस्टमहरु असफल हुने खतरा बढेको छ ।
यातायात ब्यवस्था विभागमा अहिले २ जना मात्रै कम्युटर इञ्जिनियर छन् । जनशक्ति थप्नेतर्फ विभागले ध्यान नदिँदा यस्तो समस्या आउने बताइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: