Skip to content
LAXMI SUNRISE BANK

यति डेभलपमेन्ट बैंकको कमाई १४ करोड ४१ लाख

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – यति डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा १४ करोड ४१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बैंकले गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा ११७ प्रातिशतले मुनाफा बढाउन सफल भएको हो। गत आर्थिक बर्षको यस अवधिमा बैंकको खुद मुनाफा ७ करोड ७८ लाख रुपैयाँ रहेको थियो। 
यस अवधिमा बैंकले १२ अर्ब रुपैया निक्षेप संकलन गरि १० अर्ब ८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। यस अवधिमा बैंकको चुक्ता पुंजी १ अर्ब ३८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष रकम २४ करोड २५ लाख रुपैयाँ रहेको छ। 
बैंकले कारोबार विस्तार गर्ने क्रममा निक्षेप संकलन र कर्जा विस्तारमा सुधार गर्दै खराब कर्जा अनुमत समेत घटाउन सफल भएको छ। बैंकले ४ दशमलब २९ प्रतिशतबाट निष्क्रिय कर्जा घटाएर ३ दशमलब ७८ प्रतिशतमा झारेको छ। 
यस अवधिमा बैंकको प्रति सेयर आम्दानी २० रुपैयाँ ७९ पैसा, प्रति सेयर नेटवर्थ ११७ रुपैयाँ ५० पैसा र सिडी रेसियो अनुपात ७३ दशमलब ७४ प्रतिशत रहेको छ।   
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK