×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी रहेछन् युट्युबमा नेपाली अश्लील भिडियोहरु राखेर पैसा कमाउने धन्दामा लागेकाहरु… (नामावलीसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

यी रहेछन् युट्युबमा नेपाली अश्लील भिडियोहरु राखेर पैसा कमाउने धन्दामा लागेकाहरु… (नामावलीसहित)

१६ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

  • प्रनिश थापा / अर्थ सरोकार डटकम 

काठमाडौं । सूचना प्रविधिको यो जमानामा अहिले अनेक थरीका हल्लाहरु फैलाईन्छ । केही महिनाअघिमात्रै रातो नम्बरको फोन आउँछ र सो, फोन उठाए मान्छे मर्न सक्छ, भन्ने आंतक मच्चाइएको थियो । तर, अनुसन्धानपछि त्यो त सिर्फ एउटा एप्स मात्रैको कमाल रहेछ । यो त एउटा सामान्य उदाहरण मात्रै हो । पछिल्लो समय यी र यस्ता गलत सूचना फैलाउनेको क्रम ह्वात्तै वृद्धि भएको छ ।  
गलत एवं भ्रामक समाचार सम्प्रेषण गरेर हुँदै नभएको घट्नालाई पनि भर्खरै घटेको भनी युट्युबमा अपलोड गर्ने गरिएको छ । जसले गर्दा समाजलाई आंतक मच्चाएको छ नै त्यसै त व्यक्तिमाथि आंच आउने र मुठभेड पार्ने खेलमा अहिलेका युवायुवतीहरु क्रमिक रूपमा लागिपरिरहेका छन् । अश्लील भिडियो , भ्रामक न्युज फैलाएर दर्शक बढाउने र त्यस बाट सामान्य आम्दानीमा मनग्गे कमाइ गर्ने घिनलाग्दो सोच र बिकासका कारण सामाजिक सञ्जालमा अश्लीलता प्रचार प्रसार गर्नेको होडबाजी चल्ने गरेको छ । 
त्यति मात्रै होईन , गलत एवं अकोल्पनित समाचार , अश्लील भिडियो सम्पादन गर्दा त्यस्ले पुर्‍याउने असरबारे समयमै ध्यान दिन नसक्दा युटुभमा अहिले गलत सूचना र अश्लीलता प्रदशन गर्नेको यहाँ उल्लेखनीय घुइँचो छ । जिमेल आईडीको आधारमा बन्ने युट्युब च्यानल खोल्ने अधिकार सबैलाई छ । तर, त्यस्को दुरुपयोग गर्ने अधिकार भने कसैलाई छैनन् । दुर्भाग्य ! कानुनको धज्जी उडाउदै युटुभमा अश्लीलता प्रदर्शन गरेर समाजलाई भड्किलो पार्ने उद्देश्यले पैसा कमाउन पल्केकाहरु को यहाँ बिगबिगी छ । दुई- तीन दिन देखि हामी सक्रिय हुन थालेपछि युट्युब च्यानलबाट कमाउ धन्दा चलाउने सञ्चालकहरु अहिले कुन दुलोमा पसे पत्तो छैन । 
उता, आफ्नु शरिर बेचेर पैसा कमाउन पल्केका युवायुवतीहरु ‘यो मेरो होईन तपाईंहरु किन मेरो पछि लाग्नुहुन्छ’ भन्दै हप्की-दप्की लगाउँछन् । यो मेरो होइन भन्न खोज्ने नेपालमा युट्युब कसरी चलेको छ ? यसको विकृति भएनभएकोबारे कसैले अनुगमन गरेका छैनन् । युट्युब भनेको एउटा कमाइ गर्ने माध्यम हो तर, नेपाली समाजमा भने युटुभ भन्ने बित्तिकै नकारात्मक सोचाइ आउने गर्दछ । यी र यस्तै मानसिकताका कारण समाजलाई नराम्रो दिशातर्फ रुपान्तरण गर्नेले समाजलाई बिगाररिरहेको छ । 
को-को हुन् अश्लीलता प्रदशन गर्ने ?
१) युवराज खत्री – कुलन टिभी 
२) शंकर अधिकारी – एन . एच . एस 
३) मिलन श्रेष्ठ – मिलन फिल्मस् 
४) निरज कंडेल – ईन्जोय नेपाल 
५) बिमल अधिकारी – ग्लोबल मेन च्यानल 
६) दिनेश खड्का – गोल्ड टिभी 
७) सञ्चालकको नाम खुल्न नसकेको पि.एन.पि मिडिया लगायत दुई दर्जनभन्दा बढी संघ संस्था  सक्रिय छन् । यी त , प्रतिनिधि उदाहरणहरु मात्रै हुन् । सुची हेर्ने हो भने, त्यो भन्दा पनि अधिक मात्रामा छ ।
आरोप लागेका सञ्चालकहरु के भन्छन् ?
केही समयअघि मात्रै मेरो युट्युब च्यानल बनाउनु पर्यो भन्दै पाँच हजार रुपैयाँ लिएर हिड्ने सञ्चालकहरु आरोपको खण्डन गर्छन् । उनीहरु आफुलाई यस बारे केही थाहा नभएको प्रतिक्रिया दिन्छन् । उनी हरु आफुलाई फसाएको बताउँदै मेरो पछि नलाग्न आग्रह गरे । आरोप लागेका एक मिडियाका सञ्चालकले हामीलाई बताए अनुसार यस्को ठुलै गिरोह रहेको बताए । को को हुन् बताइदिनुस न भन्दा सार्वजनिक ठाउँमा उसको परिचय दिन नमिल्ने बताउँछदै आफ्नु पिछा नगर्न अनुरोध गरे । हिजोसम्म विभिन्न टिभीका नाममा दाबी गर्नेहरु हामीले सप्रमाण खबर सम्प्रेषण गर्ने बताएपछि त्यसो नगर्न अनुरोध गर्दै गरे पनि यो मेरो होईन र आफूलाई यसबारे केही थाहा नभएको भन्दै तर्किने प्रयास गरे । उनले आक्रोशित हुँदै भने,  ‘तपाईं किन मेरो पछि मात्रै लाग्नुहुन्छ ?’

के, भन्छन् सरकारी निकाय ?
यता, युट्युबमा अश्लीलता प्रदशन गरेको प्रति नेपाल प्रहरी , चलचित्र बिकास बोर्ड चिन्तित रहेको बताउँछन् । नेपाल प्रहरीका वरिष्ठ प्रहरी  उपरीक्षक सर्वेन्द्र खनालले अश्लीलता प्रदर्शन गरेर युट्युबमा प्रकाशित गरेको सूचना एवं उजुरी कहिँ कत्तैबाट आए कार्वाही हुने चेतावनी दिन्छन् । उनी भन्छन्: – समाजलाई खलल पुर्‍याउने अधिकार कसैलाई छैनन् । उता, नेपाल चलचित्र बिकास बोर्डका अध्यक्ष राजकुमार राईले यस्ता सामाग्री प्रशारण गर्नु गैरकानुनी रहेको बताउदै उनले एक महिना भित्र कानुनको उपहास गर्ने सबैलाई कार्वाही गर्ने आश्वासन समेत दिलाए । 
बिदेशी ब्यक्तिहरु सित मिलेर यस्तो गतिविधि मौलाए पनि त्यसलाई नियन्त्रणमा लिन नसक्नु नेपाल प्रहरीको यो असफलता हो । कागजी प्रक्रियामा कार्वाही गर्ने प्रहरीले अब, नियम संगत मै कार्वाही गर्न सक्छ कि सक्दैनन् त्यो बहने हेर्न बाकी छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: