
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – सत्तारुढ दलले जवरजस्ती संविधान संशोधन बिधेयक संसदमा टेबुल गरे त्यसको सशक्त प्रतिबाद गर्ने तयारी एमालेसहित नौ प्रतिपक्ष दलले गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिवार बिधेयक टेवुल गर्ने गरी विभिन्न पक्षसँग संवाद बढाइरहेका बेला एमाले उपाध्यक्ष बामदेव गौतमको निवासमा शनिवारै प्रतिवादको योजना बनेको छ ।
गौतम निवासमा बसेको एमाले स्थायी समिति बैठकले सर्वोच्च अदालतको आदेश विपरित सरकारले संशोधन प्रस्ताव ल्याए त्यसको कडा जवाफ दिने निर्णय गरेको छ । ‘गैरसंबैधानिकरुपमा सरकार चले त्यसको प्रतिवाद गर्ने जिम्मा प्रतिपक्षको हो’ एमाले उपाध्यक्ष युवराज ज्ञवालीले भने ‘संशोधन बिधेयक टेबुल गर्न हामी कुनै पनि हालतमा दिँदैनौ ।’
प्रधानमन्त्री दाहालले शनिवार मधेसी मोर्चा र नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेका थिए । विभिन्न पक्षसँग छलफल गरेपछि साँझ राष्ट्रपति कार्यालय सितल निवास पुगेका थिए । तर राष्ट्रपतिले मुख्य दलहरुलाई मिलेर जान सुझाव दिएकी थिइन ।
उता गौतम निवासमा बसेको एमाले स्थायी समिति बैठकले सरकार प्रतिपक्षलाई पेलेर जान खोजेको निस्कर्ष निकालेको छ । पेलेर गए त्यसको प्रतिवाद गर्ने जिम्मा र संसदको कमाण्डर उपाध्यक्ष गौतमलाई बनाएको छ । गौतमले आज सत्तापक्षलाई काउन्टर दिने भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्