
- प्रनिश थापा /अर्थ सरोकार डटकम
काठमाण्डौ – गत मंसिर २० गते सुत्केरी गराउने क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएकी सुनिता गुरूङको मृत्युको कारण अझै पत्ता लाग्न सकेको छैन । छानविन समितिले एकहप्ताको म्याद लिएर काम थालेको भनिए पनि अहिले सम्म घटनाको कारण सार्वजनिक हुन नसक्दा पीडित पक्ष थप चिन्तित बनेका हुन् ।
उपचारका क्रममा सुत्केरीको मृत्यु पछि अस्पताल परिसर दिनहुँ तनावग्रस्त हुन थालेपछि गत मंसिर २६ गते प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको रोहवरमा सहायक प्रमुख जिल्ला अधिकारी रामराज सुवेदीको संयोजकत्वमा छानविन समिति गठन भएलगत्तै आन्दोलनकारीले आफ्नु आन्दोलन स्थगित गरेका थिए । तर,छानविन समिति गठन भएको चारहप्ता बितिसक्दा पनि छानविन प्रक्रिया कहाँ पुग्यो भनेर प्रतिवेदन सार्वजनिक हुन नसकेपछि पीडित पक्षहरुले प्रशासन प्रति नै शंका व्यक्त गर्न थालेका छन् ।
मृतक सुनिताका श्रीमान् हर्कबहादुर गुरूङले भने ‘एक हप्तामा सत्य–तथ्य कुरा बाहिर आउँछ भनेर प्रशासनले हामीलाई ढाट्यों गुरुङले थपे , ‘चार हप्ता बितिसक्दा समेत छानविन समितिबाट कुनै पनि प्रतिक्रिया नआए पछि हामीले समिति प्रति नै शंका गरेका छौँ ।
प्रमुख जिल्ला अधिकारी भट्टले एकहप्ताको समय भित्र सत्य–तथ्य बाहिर आउँछ भन्दै सहायक प्रजिअ सुवेदीको संयोजकत्वमा भरतपुर अस्पतालका डा।सुनिलमणि पोखेरेल, जनस्वास्थ्य प्रमुख विजयकुमार झा,अनुसन्धान प्रमुख अच्युत पन्त र जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी दीपक श्रेष्ठ सदस्य रहने गरी छानविन समिति गठन गरेका थिए ।
तर,घटनाको विषयमा अहिले सम्म पनि निचोड प्रशासनले निकाल्न सफल नभएपछि पीडित पक्षले पुनः प्रतिबेदन पेश गर्न माग गरेका छन् । ‘समयमा गर्नुपर्ने कामलाई छानविन टोलीले आलटाल गरिरहेको भन्दै मृतक सुनिताका दाजु खुशीमान गुरूङले भने, ‘समयमा काम नगरेर पीडित माथि झनै पीडा थप्ने काम गरेको छ ।
यदि छानविन प्रक्रिया लम्बिएको हो भने के कारणले लम्बिएको हो भनेर पीडित पक्ष लाई जानकारी दिएको भए केही चित्त बुझाउने ठाउँ रहन्थ्यो । ‘तर, अहिलेसम्म केही अत्तोपत्तो नभएपछि हामी शशंकित भएका हौँ, उनले भने ।
यस अघि मृतकका आफन्तहरुले सुत्केरीको मृत्यु अस्पताल प्रशासनको चरम लापार्बाहीका कारण भएको भन्दै उपचारमा संलग्न चिकित्सकमाथि अनुसन्धान गरि हदैसम्म को गर्नुपर्ने र बिरामीको मानवस्वास्थ्य माथि गैरजिम्मेवार रूपमा प्रस्तुत भएको भन्दै जरिवाना स्वरुप पचास लाख रुपैयाँ क्षतीपूर्ति दिनुपर्ने माग गर्दै अस्पताल परिसर तोडफोड समेत गरेका थिए ।
जसलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास समेत प्रहार गर्नुपरेको थियो । तर, छानविन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी रामराज सुवेदीले भने छानबिनकै क्रममा रहेको दाबी गरेका छन् । घटनाको गहिराइ सम्म पुग्न समय लागेकोले प्रतिवेदन बुझाउन पनि समय लागेको उनको भनाइ छ ।
समितिमा भएका सबै सदस्यहरुले आआफ्नो कार्यालयको काम पनि भ्याउनु पर्ने भएकोले छानबिनमा ढिलाइ भएको उनले बताए । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने छानविन समितिबाट प्रतिवेदन आएपछि मात्रै सत्य तथ्य के हो भनेर पत्ता लाग्ने बताए । यस अगाडि पनि पेटको अप्रेसन गर्नुपर्ने बिरामीको चितवन मेडिकल कलेजले कानको अप्रेसन गरेका थिए ।
यी र यस्ता डरलाग्दो घटना चितवन मेडिकल कलेजमा पटक पटक दोह्रोरिएको भन्दै सर्वसाधारणले समेत अस्पतालकै गैरजिम्मेवारले घट्ना भएको आरोप लगाएका छन् । जिल्लामा साना ठूला गरी करिब ३० भन्दा बढी अस्पतालहरु रहे पनि अरु अस्पतालमा भन्दा चितवन मेडिकल कलेज मै बढी घटना हुने गरेको भन्दै चैनपुर ३ काशीगाउँका गर्णेश डल्लाकोटीले भने, ‘ठूला अस्पतालहरुले नै सर्वसाधारणहरुको स्वास्थ्य माथि गम्भीर खेलवाड गर्छन् भने अरुलाई के भन्ने रु यता, अस्पताल प्रशासनका
निर्देशक दयाराम लम्साल समक्ष जिज्ञासा् राख्दा बिरामीको मृत्यु जटिल रोग इक्लाम्सियाका कारण भएको दाबी गरेका छन् । तर, यता पीडित पक्ष भन्ने यो मान्न तयार छैनन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्