
काठमाडौं – सरकारले निर्णय फेर्दा भूकम्पपीडितका लागि खरिद गरिएको ५० हजार बण्डल जस्तापाता साल्ट ट्रेडिङ कर्पोरेसनको गोदाममै थन्किएको छ। २०७२ वैशाखमा भूकम्प गएलगत्तै तत्कालीन सरकारको निर्णयबाट खरिद गरिएको जस्तापाता गोदाममै थन्किएको हो ।
भूकम्पलगत्तै सुशील कोइराला नेतृत्वको सरकारले अस्थायी आवासका लागि पीडितलाई जस्तापाता दिने निर्णय गरेको थियो। भूकम्पबाट क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि समय लाग्ने भएकोले तत्काल अस्थायी आवासका लागि भन्दै प्रत्येक भूकम्पपीडित परिवारलाई दुई बन्डल जस्ता वितरणको निर्णय गरिएको थियो। यस्तै, क्षतिग्रस्त विद्यालय र स्वास्थ्य चौकीको अस्थायी भवनका लागि जस्ता आवश्यक पर्ने भन्दै मन्त्रिपरिषदले निर्णय गरेर निर्देशन दिएको थियो।
सरकारको निर्णयलगत्तै कर्पोरेसनले ५० हजार बण्डल जस्ता खरिद गरे पनि सरकारले भूकम्पप्रभावितलाई जस्ताको सट्टा १५ हजार नगदै दिने निर्णय गरेको थियो। झण्डै ३० करोड रुपैयाँ खर्चेर खरिद गरिएका जस्तापाता डेढ बर्षदेखि गोदाममै थन्किएको कर्पोरेसनकी महाप्रवन्धक उर्मिला श्रेष्ठले जानकारी दिइन् ।
सरकारले निर्णय गरेर खरिद गरे पनि त्यसको उपयोग गर्न नसक्दा गोदाममै थन्किएको छ, उपयोगका लागि पटक–पटक सरकारलाई अनुरोध गर्यौं, तर कुनै पहल भएन’, उनले भनिन्। कारोबार दैनिकबाट साभार गरिएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्