Skip to content
LAXMI SUNRISE BANK

तरलता अभाव खेपे पनि बैंकको नाफामा उच्च बृद्धि, हेर्नुस कति ति बैंकहरुको कमाई !

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – बित्तिय क्षेत्रमा लगानी योग्य रकम तरलता अभाव देखिए पनि बैंकहरुको नाफा उच्च रुपले बढेको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा बैंकहरुले शतप्रतिशत बढिले नाफा बृद्धि गर्न सफल भएका छन् ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक एससिबी ले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिकसम्ममा ७४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। गत आर्थिक बर्षको यहि अवधिको तुलनामा बैंकको नाफा झन्डै १३ करोड रुपैयाँले बृद्धि भएको हो। गत असोजको तुलनामा पुषको नाफा दोब्बर धेरैले बढेको छ । असोजमा बैंकले ३४ करोड ९२ लाख रुपैयाँ कमाएको थियो ।

गत बर्षको पुषको तुलनामा बैंकको खुद ब्याज आम्दानी १९ करोड रुपैयाँले बढेर एक अर्ब चार करोड रुपैयाँ पुगेको छ। बैंकको खराब कर्जा गत बर्ष भन्दा पनि घटेर न्युन बिन्दुमा आइ पुगेको छ । गत बर्षको पुषमा ०.४१ प्रतिशत रहेको खराव कर्जा यसपालि ०.२६ प्रतिशतमा झरेको हो ।

माछापुच्छ्रे बैंक ले पुष सम्ममा ५७ करोड ५३ लाख रुपैयाँ पुगेको छ। गत बर्षको तुलनामा बैंकको नाफा १७ करोड रुपैयाँले बृद्धि भएको हो । गत असोजको तुलनामा पुषसम्ममा बैंकको मुनाफा शतप्रतिशत भन्दा धेरैले बढेको छ। पुषमा बैंकले २४ करोड ६९ लाख रुपैयाँ आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी ८२ करोड रुपैयाँबाट बढेर एक अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।

कुमारी बैंकको नाफा गत बर्षको पुषको तुलनामा छ करोड रुपैयाँ भन्दा धेरैले बृद्धि भएर २७ करोड ९३ लाख रुपैयाँ पुगेको छ । बैंकले गत आवको पुषमा २१ करोड एक लाख रुपैयाँ आर्जन गरेको थियो । गत असोजमा बैंकको नाफा १३ करोड ७४ लाख रुपैयाँ थियो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK