×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नि: शुल्क प्राविधिक विश्लेषण तालिम सम्पन्न, सहभागीको संख्या उल्लेखनीय

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नि: शुल्क प्राविधिक विश्लेषण तालिम सम्पन्न, सहभागीको संख्या उल्लेखनीय

२३ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – थ्रीएस इन्भेष्टमेन्टले शनिबार नयाँ ठिमीस्थित आफ्नो कार्यालयमा नि: शुल्क प्राविधिक विश्लेषण तालिम सम्पन्न गरेको छ । विभिन्न तालिम तथा वर्कशप आयोजना गरिरहेको उक्त कम्पनीले सेयर लगानीकर्ताहरु माग मबोजिम प्राविधिक विश्लेषण तालिम नि:शुल्क रुपमा आयोजना गरेको हो । उक्त कार्यक्रममा ४६ जना सहभागी उपस्थित थिए भने समयभन्दा ढिलो आएपछि ठाउँ अभावका कारण केहि फर्किएका समेत थिए ।
प्राविधिक विश्लेषण अरुण लामाले तालिम दिएको उक्त कार्यक्रममा ‘लक्की ड्र’ मार्फत २ जनालाई नि:शुल्क प्राविधिक विस्लेषण सम्बन्धी सफ्टवेर समेत प्रदान गरिएको थियो । उक्त कार्यक्रममा सहभागीहरुले अर्थ सरोकार डटकमका प्रधान सम्पादक सुरज प्याकुरेलसँग पनि साक्षात्कार गरेका थिए । सेयर बजार र त्यसमा मिडियाको भूमिकाबारे प्याकुरेलले उक्त कार्यक्रममा प्रकाश पारेका थिए ।
यसैबीच उक्त कम्पनीले रु.४५०० मै प्राविधिक विश्लेषण तालिमको नयाँ प्याकेज पनि घोषणा गरेको छ । ‘हामी बजारमा सबैभन्दा कम शुल्कमा यो तालिम दिइरहेका छौं । सहभागीहरुको उत्साहाजन उपस्थिति देखेपछि हामीसँग तालिम लिनेको संख्या पनि उल्लेखनीय हुनेमा हामी विश्वस्त भएका छौं ।’ कम्पनीका  व्यवस्थापक सन्तोष राज बजगाईंले अर्थ सरोकार डटकमलाइ बताए ।   
 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: