×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक हप्तामा १३ हजारभन्दा बढी आगलागी, ३९ जनाको मृत्यु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एक हप्तामा १३ हजारभन्दा बढी आगलागी, ३९ जनाको मृत्यु

Artha Sarokar

२३ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी  – चीनमा भएको एक हप्ता लामो पर्व बिदाको समयमा ३९ जनाको मृत्यु भएको छ । चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले शनिबार जनाएअनुसार देशका विभिन्न भागमा भएको आगलागीका घटनाबाट ३९ जनाको मृत्यु भएको हो ।
बिदाका समयमा देशभर १३ हजार ७९६ आगलागीका घटना भएका र ती घटनामा ३९ जनाको मृत्यु भएको मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ । यद्यपि यो अघिल्लो वर्षको तुलनामा २६।४ प्रतिशत कमी हो ।
चिनियाँ प्रहरीले राष्ट्रव्यापी रुपमा सञ्चालन गरेको आगलागीका घटना नियन्त्रणमा गरेको पहलले उक्त समयमा धेरै मानिसको ज्यान जाने जोखिमलाई काम गरेको मन्त्रालयले जनाएको छ ।
पर्वका समय व्यवसायिक मल, पवित्र धार्मिकस्थल, मन्दिर वरपरका धार्मिक महोत्सव गरिने स्थल लगायतका ठाउँमा प्रहरीले निगरानीलाई मजबुत पारेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी