
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) ले फुट्सल प्रतियोगिताको आयोजना गरेको छ । कमलादीस्थित युनिग्लोब कलेजको फुट्सल मैदानमा शुक्रबारदेखि उक्त प्रतियोगिताको आयोजना गरेको हो । कार्यक्रममा विभिन्न सिए फर्म र कर्पोरेट हाउसहरुको सहभागिता रहेको एक्यानका कोषाध्यक्ष सिए दुर्गा प्रसाद ज्ञवालीले बताए ।
‘एक्यानका विभिन्न कार्यक्रम अन्तर्गत हामीले फुट्सल कार्यक्रमको आयोजना गरेका छौँ । कार्यक्रममा विभिन्न सिए फर्महरुको उत्साहजनक सहभागीता छ । ‘ ज्ञवालीले भने । उनका अनुसार शुक्रबार, शनिबार र आइतबार उक्त प्रतियोगिता आयोजना हुनेछ ।
शुक्रबार भएको खेलमा पहिलो समूह अन्तर्गत सिए युनाइटेड र सुबोध एण्ड एसोसीएट्स विजयी भएका छन् भने दोश्रो समूह अन्तर्गत जीपी राजबाहक एण्ड कम्पनी बिजयी भएका छन् । यस्तै समूह ‘सी’ अन्तर्गत पीवाईसी एण्ड एसोसीएट्स र जीएनजी र जीबीआरएचको संयुक्त टोली बिजयी भएको छ ।
आज विजयीहरुको बीचको दोश्रो चरणका खेलहरु सम्पन्न हुनेछन् भने आइक्यान र एक्यान लगायतका मैत्रीपूर्ण खेलहरु सम्पन्न हुनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्