×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुलेरो भ्यान दुर्घटना हुँदा दुई बेपत्ता, दुई गम्भीर घाइते

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बुलेरो भ्यान दुर्घटना हुँदा दुई बेपत्ता, दुई गम्भीर घाइते

९ फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • प्रनिश थापा /अर्थ सरोकार डटकम

काठमाण्डौ – नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गतको कविलास ४१७ किलोमा सोमबार बिहान ३ बजे बा.३.च. ७५४३ नम्बर पिकअप बुलेरो भ्यान सडकबाट करीब २ सय मिटर तल त्रिशुली नदीमा खस्दा दुई जना बेपत्ता र दुई जना गम्भीर घाइते र दुई जना सामान्य घाइते भएका छन् । 
बेपत्ता हुनेहरूमा गोरखा जिल्लाको ताकु ३ बस्ने ६५ बर्षिया विष्णमाया गुरुङ र निज कै नाति १३ बर्षे कविन गुरुङ रहेका छन् । यस्तै, गम्भीर घाईते हुनेहरुमा निजकै छोरा भिमबहादुर गुरुङ् र उनको श्रीमती बर्ष २८ को रिमा गुरुङ् रहेका छन् । दुवैको टाउको र शरीरमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।
सामान्य घाईते हुनेहरुमा सवारी चालक कालिका नगरपालिका ४ बस्ने ३३ बर्षको शिवराम खड्का र अर्को नाति न्यूटल गुरुङ् रहेका छन् । घाईते सबैको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ । बेपत्ता हुनेहरूमा एकै परिवारका हुन् । भ्यानमा चालक सहित ६ जना सवार थिए । पूर्वी चितवनको खैरहनीबाट कोठा सरेर आफ्नु गृहजिल्ला गोरखा घर फर्किदा  उक्त दुर्घटना भएको हो । 
दुर्घटनामा परि वेपत्ताहरुको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख चितवन प्रमुख दिपक थापले जानकारी दिए । यसैबीच , खबर संकलन गर्न जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुम ०५६-५२४२४१ मा तीन पटक सम्पर्क गरेपनि फाइल हराएको भन्दै सवारी दुर्घटनाको बिषयमा केहि जानकारी दिन मानेनन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी