×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवनमा सवारी दुर्घटना बढ्दै, तीन महिनामा मात्रै चौतीसको ज्यान गयो

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चितवनमा सवारी दुर्घटना बढ्दै, तीन महिनामा मात्रै चौतीसको ज्यान गयो

११ फाल्गुन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • प्रनिश थापा / अर्थ सरोकार डटकम 

काठमाण्डौ – पछिल्लो समय चितवनमा सवारी दुर्घटनामा उल्लेखनीय वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पछिल्लो तीन महिनामा मात्रै यस क्षेत्रमा ३४ जनाले ज्यान गुमाएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दीपक थापाले मंसिर, पुस र माघ महिनामा मात्रै साना ठूला गरी एक सय दुर्घटना भएकोमा  ३४ जनाले आफ्नु ज्यान गुमाए भने, १५८ जना घाइते भएको मध्ये केही अङ्गभङ्ग भएको बताए । 
एसपी थापाले भने, प्रहरीले लापरबाही गरी सवारी चलाउने तीन जना चालकलाई कारबाही स्वरुप पूर्पक्षका लागि थुनामा पठाएको छ । यहाँ  प्रत्यक दिन ३÷४ वटा साना ठूला दुर्घटना हुने गरेको छ । यसको मुख्य कारण सडकको दुरा अवस्था र चालकको लापरबाही रहेको प्रहरी उपरीक्षक थापाले बताए । सबै भन्दा बढी दुर्घटना नारायणगढ–मुग्लिन सडक खण्डमा हुने गरेको छ । 
तीन महिनाको बीचमा सो सडक खण्डमा ३÷४ वटा यात्रुबाहक बस र ट्रक नदीमा खसेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले सडक दुर्घटना न्यूनीकरणको लागि सडक सुरक्षा योजना बनाएर काम गरिरहेको बताए । दुर्घटनाको अनुपातलाई हेर्दा प्रहरीले सुरू गरेको सडक सुरक्षा योजना असफल भएको सावित भएको छ । 
प्रहरीको सडक सुरक्षा कार्यक्रम दुर्घटना न्यूनीकरणतर्फ केन्द्रीत नभई सवारी जाँच गरेर पैसा संकलन गर्ने तर्फ केन्द्रित भएको देखिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: