×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निकम्मा पत्रकार महासंघ: ४ दिनदेखि अनसन बसेका दुइ पत्रकारको वेवास्ता, स्वास्थ्यस्थिति कमजोर बन्दै !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

निकम्मा पत्रकार महासंघ: ४ दिनदेखि अनसन बसेका दुइ पत्रकारको वेवास्ता, स्वास्थ्यस्थिति कमजोर बन्दै !

१४ फाल्गुन २०७३, शनिबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – ४ सुत्रीय माग राख्दै फाल्गुन ११ गतेदेखि नेपाल पत्रकार महासंघमा आमरण अनसन बसेका पाँचथरका पत्रकार लवदेव ढुंगाना र इलामका पत्रकार प्रेम अधिकारीको स्वास्थ्यस्थिति कमजोर बन्दै गएको छ । हालसम्म अनसनमा बसेका दुइ पत्रकारलाई नेपाल पत्रकार महासंघकातर्फबाट माग सम्बोधनका लागि कुनैपनि पहल भएको छैन भने महासंघका कुनैपनि पधाधिकारीहरुले औपचारिक कुराकानी गरेका छैनन् । नेपाल पत्रकार महासंघमा राजनैतिक भागबण्डाका आधारमा सदाशयता वितरण तत्काल रोक्नुपर्ने लगायत ४ बुंदे माग राखी यी दुइ पत्रकार अनशनमा बसेका हुन् । 
महासंघ कानमा तेल हालेर बस्यो : इलामका पत्रकार सोम सुसेली  
यता नेपाल पत्रकार महासंघ इलाम साखाका संस्थापक समेत रहेका पत्रकार सोम सुसेलीले अनसनमा बसेको ४ दिन बितिसक्दा पनि नेपाल पत्रकार महासंघ कानमा तेल हालेर बसेको आरोप लगाएका छन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले आफुहरुलाई महासंघले हेपाहा प्रवृति देखाएको र अनसनमा बसेका पत्रकारहरुको कुनै वास्ता नगरेको आरोप लगाएका छन् । ‘अहिलेसम्म कोहिपनि औपचारिक रुपमा भेट्न आएका छैनन् ।’ सोम सुसेली उनी अगाडी भन्छन्, ‘भर्खर डाक्टरको टोलीले स्वास्थ्य जाँच गरेर गयो । स्वास्थ्यस्थिति कमजोर बनिरहेको छ ।’ तर पनि कसैले वास्ता गरेका छैनन् ।’ 

एक्यबद्धता जनाउन इलामको टोली काठमाडौँ आइपुग्यो 
यता दुइ पत्रकारले सुरु गरेको अनसनमा एक्यबद्धता जनाउन इलामबाट पत्रकारहरुको टोली काठमाडौँ आइपुगेको छ । नेपाल पत्रकार महासंघ इलाम साखाका संस्थापक सोम सुसेली, नेपाल प्रेस युनियन इलाम साखाका अध्यक्ष तोया भट्टराइ लगायतको टोली काठमाडौँ आइपुगेको हो । ‘हामी जिल्लाका सबै काम र आफ्नो व्यक्तिगत काम समेत छोडेर काठमाडौँ आइपुगेका छौँ । अनसन कुनैपनि हालतमा सफल बनाएर फर्कन्छौं ।’ सोम सुसेलीले अर्थ सरोकार डटकमसँग भने ।

नेपाल प्रेस युनियनको ध्यानाकर्षण 
यता नेपाल पत्रकार महासंघमा दुइ पत्रकारहरु अनसन बसेको कुरामा आफ्नो ध्यानाकर्षण भएको भन्दै नेपाल प्रेस युनियनले विज्ञप्ति जारी गरेको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै युनियनले विभिन्न चारबुँदे माग राखी तीन दिनदेखि आमरण अनसनमा रहेका नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुंगाना र इलाम शाखाका सदस्य प्रेम अधिकारीको बिग्रँदो स्वास्थ्य अवस्था र मागप्रति महासंघ नेतृत्वले जिम्मेवारीबोध नगरेको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।
‘महासंघकै एउटा शाखाका अध्यक्ष सहितका दुई पत्रकार महासंघको केन्द्रीय कार्यालयको मुलढोकामा आमरण अनशनमा रहे पनि महासंघ नेतृत्व उनीहरुको माग सम्बोधन गर्न छाडी असारे मेलो छोप्नझैं दौडधुपमा रहेको देख्दा हामी अचम्मित भएका छौं,’ युनियनका महासचिव अजयबाबु शिवाकोटीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘आमरण अनशन जस्तो अत्यन्तै कठिन आन्दोलनमा उत्रिएका साथीहरु र उनीहरुका मागलाई नजरअन्दाज गर्दै महासंघ नेतृत्वले देखाएका व्यवहारहरु इतिहासको कठघरामा रहनेछन् ।’ 

नेपाल पत्रकार महासंघ पाँचथर साखाको यस्तो बिज्ञप्ति 
यता नेपाल पत्रकार महासंघ पाँचथर साखाले पनि एक प्रेस बिज्ञप्ति जारी गर्दै अनसनमा बसेका पत्रकारको स्वास्थ्य स्थिति कमजोर बनेकोमा आफ्नो ध्यानाकर्षण भएको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘गौरवमय इतिहास बोकेको नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघमा विधि, विधान, पद्धति तथा शुद्धिकरण लागायतका माग राखि महासंघको गौरवमय इतिहासलाई अविछिन्न राख्नका लागि चारदिनदेखि केन्द्रीय कार्यालयमा तालाबन्दि गरी आमरण अनसन बसेका नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुंगाना र इलाम शाखाका सदस्य प्रेम अधिकारीको स्वास्थ्य अवस्था गम्भिर बनेको प्रति गम्भिर चिन्ता व्यक्त गर्दछौँ । 
यस अवस्थामा पनि महासंघको केन्द्रीय नेतृत्वले यस तर्फ ध्यान नदिएको प्रति गम्भिर ध्यानआर्कषण भएको छ । आमरण अनसन बसेका पत्रकारहरुको स्वस्थ्य अवस्था कमजोर बन्दैँ गएको चिकित्सहरुले बताईरहदा पनि महासंघको नेतृत्व र अन्य सरोकारवालाहरुको माग सम्बोधनमा ध्यान पुग्न सकेको देखिदैन । लामो समयदेखि राखिएका मागहरु सम्बोधन हुन नसक्दा आमरण अनसन बस्नु पर्ने परिस्थिती सृजना भएको विषयलाई गम्भिरतापूर्वक लिन केन्द्रीय नेतृत्व प्रति हार्दिक अपिल गर्दछौँ । अनसनमा वसेका पत्रकारहरुले राखेका मागहरु प्रति शाखाले एकवद्धता जनाउदै चाडोँ भन्दा चाडोँ सम्बोधन गर्नका निम्ति आग्रह गर्दछौँ । 
समयमा मागलाई सम्बोधन गर्न नसक्दा सृजना भएको परिस्थितीलाई सम्बोधन गर्ने तर्फ गम्भिर ध्यान नजानु दुखःत पक्ष हो । पत्रकार महासंघलेनै लोकतान्त्रिक चरित्र देखाउन नसक्ने हो भने कसले देखाउला ? यसकारण मागलाई सम्बोधन गर्दै अनसन तोडाउने तर्फ पहल गर्न जोडदार माग गर्दछौँ । साथै, अनसनकारीको जीवन रक्षाका लागि पहल गर्न नेपाल पत्रकार महासंघ, मानवअधिकारवादि तथा आम नागरिक समाजलाई अपिल गर्दछौँ ।’

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: