×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पत्रकार महासंघसँगको वार्ता असफल, अनसनमा बसेका पत्रकारहरुको स्वास्थ्यस्थिति नाजुक बन्दै

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पत्रकार महासंघसँगको वार्ता असफल, अनसनमा बसेका पत्रकारहरुको स्वास्थ्यस्थिति नाजुक बन्दै

१६ फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – नेपाल पत्रकार महासंघले विधि, विधान र प्रक्रिया विपरित सदस्यता वितरण तत्काल रोक्नेलगायतका चारबुदे माग राखेर केन्द्रीय कार्यालयको मुलढोका आमरण अनसन बसेका दुई पत्रकारसँगको आजको बार्ता असफल भएको छ ।
महासंघका पाँचथर सभापति लवदेब ढुंगाना र इलामका सदस्य प्रेम अधिकारी पाँचदिनदेखि केन्द्रीय कार्यालयमा तालाबन्दी गरी आमरण अनशन बसिरहेका छन् । उनीहरुले उठाएका जायज माग पुरा गर्न महासंघका केन्द्रीय अध्यक्ष डा.महेन्द्र विष्टसहितको टोली अस्विकार गरेपछि बार्ता निस्कर्षमा पुग्न सकेन् । 
विधानविपरित बाहिरबाट ल्याइएका नयाँ सदस्यता र नविकरण कार्य फिर्ता गरी विधान बमोजिम नयाँ सदस्यता, नविकरण र स्थानान्तरणको अन्तिम टुङ्गो लगाएपछि मात्र अधिवेशन ६ महिना अघि तोक्न माग गरेका छन् ।
राजनीतिक भागबन्डाका आधारमा सदस्यता वितरण तत्काल रोक्न माग विधानविपरित र धाँधलीपूर्ण तरिकाले एकलौटी संचालन गरिएका इलाम र ताप्लेजुङका जिल्ला अधिवेशन खारेजी गरी प्रतिनिधिहरुलाई समेत कारबाहीको माग गरिएको छ ।
लामो समयदेखि पत्रकारितामा निस्क्रिय रहेका, राजनीतिक कार्यकर्ता, सरकारी कर्मचारी र अन्य पेशामा संलग्न महासंघका साधारण सदस्यहरुको शुद्धिकरण अभियान तत्काल सुरु गर्न पनि अनसनकारीले माग गरेका छन् ।
आइतबार साँझ अनसनकारीका तर्फबाट पत्रकार सोमनाथ सुसेली, रामप्रसाद दाहाल, तोयानाथ भट्टराई र विप्लब भट्टराईसहितको टोली र महासंघका तर्फबाट अध्यक्ष डा. विष्ट, उपाध्यक्ष अनिता बिन्दु, महासचिब उजिर मगरलगायत बार्तामा थिए । 
तर अनसनकारीले उठाएको सदस्यता शुद्धिकरण, विवादित जिल्लामा पुनःनिर्बाचनलगायतका विषयमा कुरा नमिलेपछि बार्ता निष्कर्षमा नपुगेको बार्ताटोलीका सदस्य सोमनाथ सुसेलीले जानकारी दिए । अब २४ घन्टाभित्र अनसनकारीको माग पुरा नभए कार्यालयकै परिसरमा अन्य पत्रकारहरुको सहभागितामा रिले अनसन सुरु गर्ने उनले चेतावनी दिए ।
महासंघले भने अनसनकारीले उठाएका मागहरुमा सम्बोधन समेत नगरी सामान्य विज्ञप्ती निकालेर अनसन तोडाउने सहमति गर्न खोजेको बुझिएको छ । उसले अप्ठ्यारा र कठिन मागहरु भन्दै तर्किन खोजेको बताइएको छ । 
अनसनकारीको स्वास्थ्य अवस्था विग्रदो
बुधबार विहानदेखि आमरण अनशनमा बसेका पत्रकारद्वयको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएको छ । उनीहरुमा शारीरिक कमजोरी, टाउको दुख्ने लगायतका समस्या देखिएपछि आज स्लाइन दिइएको छ । बीर अस्पतालका डाक्टरहरुले उनीहरुको स्वास्थ्य जाँच गरिहेका छन् । तर अनशन निरन्तर रहेमा किड्नीमा समस्या आउने तथा बेहोस हुन सक्ने सम्भावना रहेको बताएका छन् ।
यो पनि पढ्नुहोस् :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: