×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा मेेरो अनुुभव : यसकारण मलाई त आजकल कुनै हल्लाले पनि छुँदैन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सेयर बजारमा मेेरो अनुुभव : यसकारण मलाई त आजकल कुनै हल्लाले पनि छुँदैन

२८ माघ २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • गणेश पौडेल , लगानीकर्ता 

३,८५०/- मा एभरेष्ट  बैंकको २०० कित्ता सेयर  किन्ने मान्छे हुं म । बजार निरन्तर घट्यो ! म अात्तिईन , ३८ सय , ३६ सय ३५ सय हुँदै प्रतिकित्ता ३४ सय मा झर्‍यो र पनि म ढुक्क बनें । हुँदा हुँदा साधारणसभा अायो, ३१ सयमा अाएर  ७० प्रतिशत  बोनसका लागि बुक क्लोज भयो । १४० कित्ता मेरो डिम्याटमा जम्मा हुदा ३४० कित्ता यसको सेयर मसँग हुनेछ । 
एभरेष्टको प्रतिकित्ता १६९८ मा अाज कारोबार भएको छ । यसरी हिसाब गर्दा ५५ हजार मैले ब्याज गुमाएको छु । अाजका दिन सम्म यो ३४० कित्ता सेयरमा मेरो लगानी ८ लाख २५ हजार पुगेको छ । मैले अाज बेचें भने ५ लाख ७७ हजार ३ सय २० रुपैया पाउनेछु । मैैले २ लाख ४७ हजार ६ सय ८० रुपैया गुमाएको छु । तर म अात्तिएको छैन ।  
११००/- मा झरोस केही फरक पर्दैन ।  मलाई बिस्वास् छ अवको केही महिनामानै मैले गुमाएको भन्दा दोब्बर कमाउने छु । म संग यस्तै दृष्टान्त बोकेका ११ बाणिज्य बैंक र ४ बिकास बैंकका करिब २५ सय कित्ता  सेयर छन । १ बाहेक सबै मैले दोस्रो बजार बाटै उठाएको  थिएँ । गत भदौ २६ गते बजार १८१८.६९ को अंक भेटको थियोे त्यो दिन हिसाब गर्दा मैले करिब १४ लाख ५० हजार कमाएको थिएँ । बजार थप बढने अासमा मैले बेचिन । अाज त्यो कमाएको सबै गुमाएर पनि म सोही बराबर घाटामा छु । 
तरपनि मेरो होस् हराएको छैन । मलाई बिश्वास छ छिट्टै नै फेरि कमाउने छु । मलाई थाह छ पुजी बजारमा सबैभन्दा सुरक्षित लगानी भनेकै बैंकिङ क्षेत्रमा गरिएको लगानी हो । बजार घटेर के भो उनिहरुले दिन दुईगुणा रात चौगुणाका दरले कमाएमा छन । दोस्रो त्रैमासिक को बिबरण अाईसकेको  छ, बिगतमा चलाईएको हल्ला बेकार सावित गर्दै बैंकले उल्लेख्य प्रगति देखाएका छन । 
त्यसको प्रतिफलको भागेदार हामीजस्ता लागानिकर्ता नै हो । बजारमा जस्तोसुकै हल्ला चलेपनि चलाईए पनि  त्यो हल्लाले  छुदैन मलाई अाजकल । मैले राम्रो संग बुझेको छु भालु हरिणले लखेटने गरि अोरालो लागेको छैन र लाग्दैन पनि । छिट्टै नै साढे सिङमा माटो दल्दै अाकास बाट परेको पानी नाकको प्वालमै पर्ने गरि जुरमुराउनेे छ ।
(तपाईं पनि आफ्ना अनुभव [email protected]  मा पठाउन सक्नुहुनेछ ।- सम्पादक ) 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: